×

NMB BANK
NIC ASIA

पाकिस्तानमा हिन्दू बालिकाहरूलाई जबर्जस्ती धर्मपरिवर्तन

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पोहोर साल पाकिस्तानको सिन्ध प्रान्तस्थित घोट्की जिल्लामा रहेको दहर्की शहरमा रहेको हरि लालको घरमा तिहारको पूर्वसन्ध्यामा दुई छोरी रीना र रवीनाको हाँसोको स्वर गुञ्जिएको थियो । दिदीबहिनीले रंगोली सजाएका थिए र दियो बालेका थिए । 

Muktinath Bank

तर यस वर्षको तिहारमा लालको घरमा कुनै रंग छैन । गत मार्च महिनामा होली पर्वमा आफ्ना छोरीहरूलाई अपहरण गरिएको लाल बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज हाम्रो दिनको आरम्भ नै रोएर भयो,’ लालले बताए । छोरीहरू रीना र रवीनालाई सम्झेरै ५० वर्षीय लालको दिन बित्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

यसै वर्ष लाल घोट्की प्रहरी चौकीबाहिर आफैंलाई थप्पड हान्दै रोएको भिडियो सार्वजनिक भएपछि हेडलाइनमा छाएका थिए । उनले प्रहरीलाई छोरीहरू खोजिदिनका लागि अनुनय गरेका थिए । भिडियो अन्लाइनमा भाइरल बन्न पुग्यो । 

Vianet communication
Laxmi Bank

लाल यस लडाईंका एक्ला योद्धा हैनन् । नजिकैका गाउँ र शहरका दुई हजारभन्दा बढी हिन्दू पुरुष र महिलाहरूले रीना र रवीनालाई न्याय दिलाउन उनीसँगै प्रदर्शन गरे । उनीहरूले लगातार तीन दिन राजमार्ग अवरुद्ध बनाए । 

यस घटनाले हिन्दू बालिकाहरूलाई जबर्जस्ती धर्मपरिवर्तन गरिने गरेको विषयलाई बहसको केन्द्रमा ल्यायो । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले लाल र उनका छोरा शमन दासलाई भेटे अनि दुई बालिकाको उद्धार गर्नका लागि सबै किसिमका प्रयास गरिने बताए । प्रधानमन्त्री इमरान खानले घटनाको जानकारी लिए । भारतकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले इस्लामाबादस्थित भारतीय उच्चायोगलाई घटनाको रिपोर्ट तयार पार्न भनिन् । 

तर यी सबै प्रयास व्यर्थ रहे । अप्रिल महिनामा इस्लामाबाद उच्च अदालतले घोट्कीका ती दिदीबहिनीलाई इस्लाम धर्म जबर्जस्ती कबूल गर्न नलगाइएको फैसला दियो । रीना र रवीना नाबालक हुन् भनी लालले गरेको दाबी पनि स्वास्थ्य परीक्षणमा झूटो ठहर भयो । 

केही व्यक्तिहरू सिन्धमा हिन्दू बालिकाहरूलाई जबर्जस्ती धर्मपरिवर्तन गर्ने गरिएको दाबी बढाइचढाइ भएको कुरा यसै उदाहरणबाट साबित हुने बताउँछन् । 

तर लालले आफ्ना छोरीहरूले दुईजना मुसलमान पुरुष सफ्दर अली र बरकत अलीलाई इच्छाबमोजिम विवाह नगरेको बताउँछन् । ती दुई पुरुषको पहिले नै विवाह भएर सन्तान समेत छन् । लालका छोरा शमन दास आफ्ना बहिनीहरूमाथि भएको घटनामा भारचण्डी शरिफका पीर मियाँ अब्दुल हक उर्फ मियाँ मिठुको हात रहेको बताउँछन् । 

मियाँ मिठु पाकिस्तानी संसद् नेसनल एसेम्बलीका पूर्व सांसद हुन् र उनीमाथि जबर्जस्ती धर्मपरिवर्तनमा थुप्रै आरोप छन् । सन् २०१५ मा इमरान खानले मियाँ मिठुलाई पाकिस्तान तेहरीक–ए–इन्साफमा प्रवेश गर्न भन्दा इमरानलाई हिन्दू समुदायले निकै आलोचना गरेको थियो । सन् २०१२ मा हिन्दू बालिका रिंकल कुमारीलाई जबर्जस्ती धर्मपरिवर्तन गराएको आरोप लागेपछि  पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट सांसद बनेका मियाँ मिठुलाई पार्टीले टिकट दिएन । तर आफूले जबर्जस्ती धर्मपरिवर्तन नगराएको मियाँ मिठुको दाबी छ । 

गत सेप्टेम्बर महिनामा मियाँ मिठु फेरि समाचारमा छाए । ईश्वरनिन्दाको घटना भएको भन्दै उनले ठूलो संख्यामा मानिसहरूलाई सडकमा उतारेको विषय हेडलाइन बनेको थियो । तर आफूले ईश्वरनिन्दाको घटना नउचालेको उनले पत्रकार सम्मेलन गरेर बताए । 

आफूले साचो सत्रम दास मन्दिर तोडफोड पनि नगरेको उनको दाबी छ । केही संगठनहरूले आफूलाई बदनाम गर्ने कोशिश गरेको उनले बताए । 

हिन्दू बालिकाहरूलाई जबर्जस्ती धर्मपरिवर्तन गरिएको विषयमा पनि उनले स्पष्टीकरण दिए । ‘विगत २०० वर्षमा एकजना पनि हिन्दूलाई इस्लाम धर्ममा जबर्जस्ती ल्याइएको छैन । हिन्दू तथा अन्य धर्मका पुरुष, महिला, बालक र बालिका आफ्नै मर्जीले धर्मपरिवर्तन गराउन हामीकहाँ आउने गरेका छन् । उनीहरूलाई धर्मपरिवर्तन गर्न दबाब दिइने गरेको छैन,’ उनले दाबी गरे । 

मियाँ मिठु आफूलाई प्रेमको मसिहाका रूपमा प्रस्तुत गर्छन् । आफूले हालै धर्मपरिवर्तन गरेका मुसलमान महिलालाई मुसलमान पुरुषसँग प्रेम गर्न प्रेरित गर्ने गरेको उनको भनाइ छ । मियाँ मिठुले केही वर्षयता यही काम गर्दै आएका छन् । 

पाकिस्तानको मानवअधिकार आयोगले सन् २०१८ मा जनाएअनुसार, १३ भन्दा बढी हिन्दू बालिकाहरूलाई अपहरण गरेर मुसलमान पुरुषसँग विवाह गराइएको छ । तर हिन्दू समुदायले यो संख्या अझ बढी भएको बताएको छ । 
भरपर्दो आँकडा पाउन गाह्रो छ । रीना र रवीना मुद्दामा झैं धेरै मुद्दामा शुरूमा जबर्जस्ती धर्मपरिवर्तनको दाबी गरिन्छ अनि पछि त्यसलाई प्रेमविवाह भनिन्छ । तर हिन्दू समुदायले यो व्याख्यालाई अस्वीकार गर्ने गरेको छ । यसमा थप षड्यन्त्र हुने गरेको उनीहरू बताउँछन् । 

यस विषयमा सबैले आआफ्नै धारणा व्यक्त गर्ने गरेका छन् । तर धर्मपरिवर्तन गरिएका बालिकाहरूले नै चाहिँ केही बताएका छैनन् ।

डन पत्रिकामा प्रकाशित रिपोर्ट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x