×

NMB BANK
NIC ASIA

गाँजा नष्ट गर्न अभियान शुरू

कात्तिक २६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

विराटनगर –प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएका तथा आफैँ उम्रिएका गाँजाका बोटलाई प्रहरीले फडानी गरी नष्ट गर्ने कार्य सोमबारदेखि शुरू गरेको छ ।
 
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशअन्तर्गतको धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलामका विभिन्न स्थानमा अवैधरूपमा लगाइएको तथा प्राकृतिकरूपमा आफैं उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि, साँगुरीगढी र आँखिसल्लालगायतका क्षेत्रमा २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अवैध तथा आफैं उम्रिएका एक लाख ५० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस्तै खोटाङ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका वडा नं १ र २ का डिकुवा, दाम्ली र बाँहुनीडाँंडालगायतका क्षेत्रमा लगाइएका पाँच हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा ३२ रोपनी जग्गामा लगाइएको १२ हजार ५०० बोट गाँजा फडानी गरी नष्ट गरेको छ भने उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा ४० रोपनी जग्गामा लगाइएका २५ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।
 
सुनसरी देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका वडा नं ६ मा लगाइएका करीब ३०० गाँजाका बोट फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर इलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ ।
 
प्रदेशका विभिन्न जिल्लामा अवैधरूपमा गाँजाखेती गरेको पाइएकाले प्रदेश प्रहरी कार्यालयले विशेष रणनीतिअनुरुप कार्ययोजना बनाई विशेष अभियान नै सञ्चालन गरी गाँजा फडानी गर्ने कार्य गरेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयले गाँजाका बोट ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरी फडानी गर्ने कार्य गर्दै आइरहेको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x