×

NMB BANK
NIC ASIA

महाकालीमा महाघात : सिंगो सीमानदी भारतीय नहरमा

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सीमा नदीमा दुई देशको बराबरी हक हुनुपर्ने हो । तर, २४ वर्षअघि भएको एकीकृत महाकाली सन्धिमा महाकाली नदीको पानी असमान ढंगले वितरण गर्ने व्यवस्था गरियो । सन्धिमै ठगिएको नेपालले त्यसअनुसार पाउनुपर्ने पानी पनि अझै पाएको छैन । 

Muktinath Bank

२९ माघ ०५२ मा भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर र शारदा ब्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा ब्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायाममा ६५० क्युसेक पानी मात्र पाइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्धिअनुसार नेपालले शारदा ब्यारेजबाट हिउँदमा एक सय ५० र वर्षायाममा एक हजार क्युसेक, टनकपुर ब्यारेजबाट हिउँदमा तीन सय र वर्षायाममा एक हजार क्युसेक तथा दोधारा–चाँदनी (हालको महाकाली नगरपालिका) क्षेत्रको सिँचाइका लागि शारदा ब्यारेजबाट बाह्रै महिना तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, वनबासा क्षेत्रबाट हिउँदमा एक सय ५० र वर्षामा अधिकतम ६ सय ५० क्युसेक पानी मात्रै नेपालले पाइरहेको छ । यो पानीले भीमदत्तनगर, बेल्डाँडी र बेलौरीलगायत क्षेत्रको ११ हजार ६ सय हेक्टर क्षेत्रफमा सिँचाइ भइरहेको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर नवीन जोशीले बताए ।


Advertisment
Nabil box
Kumari

टनकपुर ब्यारेजबाट पानी ल्याउन नेपाल र भारत दुवैले नहरको संरचना नै बनाएका छैनन् । जसले गर्दा सन्धि भएको झन्डै २५ वर्ष पुग्न लाग्दा पनि नेपालले पाउनुपर्ने पानी पाउन सकेको छैन । त्यस्तै, दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि शारदा ब्यारेजमा हेड रेगुलेटर र नेपालको सीमासम्मको एक हजार एक सय मिटर नहर निर्माणमा पनि भारतले उदासीनता देखाएको छ । जसले गर्दा यहाँबाट पाउनुपर्ने पानी पनि नेपालले पाएको छैन । हेड रेगुलेटर र नहर निर्माणबारे कुरा उठाउँदा भारतीयहरूले आफ्नो क्षेत्रमै सिँचाइका लागि पानी अपुग भन्दै दिन नसकिने बताउने गरेको महाकाली सिँचाइ आयोजना तेस्रोका निमित्त प्रमुख लोकबहादुर थापाले बताए ।

Vianet communication
Laxmi Bank

भारतले भने महाकाली नदीबाट हिउँद र वर्षायाममा आफूलाई आवश्यक पानी निरन्तर लगिरहेको छ । शारदा ब्यारेजबाट हिउँदमा पनि कम्तीमा १० हजार क्युसेक पानी लगिरहेको छ । यो पानीबाट उसले उत्तरप्रदेश र उत्तराखण्डको करिब ११ लाख हेक्टर क्षेत्रफलमा सिँचाइ गरिरहेको थापाले बताए । हिउँदमा वनबासा पुलका सबै ढोका बन्द गरेर शारदा ब्यारेजबाट पूरै पानी लैजाँदा महाकाली नदी सुक्खा हुन्छ । वर्षायाममा भने सबै ढोका खोलिदिन्छ । जसले गर्दा महाकाली नदीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ तथा महाकाली नगरपालिका वडा नम्बर ९ र १० का बस्तीहरू डुबानमा पर्छन् ।

‘भारतले हिउँदमा आफूलाई चाहिने वेला नदी नै सुकाएर पानी लग्छ, वर्षामा सबै पानी नदीमा छाड्दा दर्जनौँ नेपाली बस्ती डुबानमा पर्छन्, सयौँ हेक्टर जग्गा कटान भइसकेको छ,’ भीमदत्त नगरपालिका–१२ का स्थानीय भरत भट्टले भने ।

महाकाली सन्धि भएको २४ वर्षपछि भारतले टनकपुर बाँधदेखि नेपालको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवसम्मको एक हजार दुई सय मिटर मूल नहर निर्माणको प्रारम्भिक कार्य अगाडि बढाएको छ । नहर निर्माण गरिने क्षेत्रका रूख र झाडी हटाएर रेखांकन गरिएको छ ।

महाकाली सिँचाइ आयोजना (तेस्रो) का निमित्त प्रमुख लोकबहादुर थापाले दुई महिनाअघिबाट नहर निर्माणको प्रारम्भिक काम सुरु गरेको र डेढ वर्षभित्र निर्माण कार्य सक्ने जानकारी भारतीय पक्षले आफूहरूलाई गराएको बताए । नेपालले ब्रह्मदेवदेखि पूर्व १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । तर, भारतले बनाउनुपर्ने संरचना निर्माण नगरिदिँदा नहरमा पानी बग्दैन । ‘सन्धिअनुसार भारतले आफ्नो भूमिमा संरचना बनाइदिएको भए हामीले बनाएको १३ किलोमिटर नहरबाट अहिले करिब तीन हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगिसक्ने थियो,’ निमित्त प्रमुख थापाले भने, ‘तर बाँधबाट पानी छाड्ने संरचना नै निर्माण हुन सकेको छैन ।’

टनकपुर ब्यारेजबाट पानी ल्याउने नहर निर्माणमा नेपालले पनि ढिलाइ गरेको छ । आयोजना तेस्रोअन्तर्गत कैलालीको मालाखेती र कञ्चनपुरको पुनर्वासम्म बन्ने एक सय ५१ किलोमिटर मूल नहरमध्ये भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि वेदकोट नगरपालिका–७ मुसेपानीसम्म १३ किलोमिटर मात्र निर्माण गरिएको छ । 

१५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । थप १७ किलोमिटरको डिपिआर निर्माण भएर स्वीकृत हुन बाँकी छ । आयोजना तेस्रो आर्थिक वर्ष ०६३/६४ मा सुरु भएको थियो । पर्याप्त बजेटको अभाव, मुआब्जा विवादलगायत कारणले नहर निर्माणको काम तीव्र रूपमा अगाडि बढ्न नसकेको आयोजनाका निमित्त प्रमुख थापाले बताए । तेस्रो चरणको नहर निर्माणमा हालसम्म तीन अर्ब २३ करोड खर्च भएको उनले बताए । तेस्रो चरणको नहरबाट कैलाली–कञ्चनपुरको ३४ हजार हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य छ ।

महाकाली सन्धिअनुसार दोधारा–चाँदनी (हाल महकाली नगरपालिका) क्षेत्रमा सिँचाइका लागि शारदा ब्यारेजबाट नेपालले बाहै्रमास साढे तीन सय क्युसेक पानी पाउनुपर्ने हो । त्यसका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म एक हजार एक सय मिटर नहर भारतले निर्माण गर्ने सन्धिमा उल्लेख छ । तर, आफ्नो क्षेत्रमा सिँचाइ अपुग भन्दै भारतले उक्त पानी दिन मानेको छैन । महाकाली सन्धिअन्तर्गतकै पञ्चेश्वर आयोजना बनेपछि मात्र दोधारा–चाँदनीलाई पानी दिन सकिने भारतीय पक्षले बताउँदै आएको छ । 

त्यहाँका किसान ट्युबवेल र आकासेपानीको भरमा खेती गर्दै आएका छन् । ३५ सय हेक्टर खेतीयोग्य जमिनमध्ये आधामा मात्रै ट्युबवेलको सुविधा पुगेको र आधामा आकासेपानीको भरमा खेती भइरहेको महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले बताए । 

महाकाली नदीबाट सिँचाइ सुविधा पाउने कुरा वर्षौँदेखि आशामा मात्रै सीमित भएको महाकाली नगरपालिका–३, जमुनाभाडीका चन्द्रबहादुर चन्दले बताए । ‘महाकाली सन्धि भएका वेला दोधारा–चाँदनीमा सिँचाइ गर्न नहर आउने भन्ने सुनेका थियौँ,’ ७३ वर्षीय चन्दले भने, ‘सिँचाइको आसमा २५ वर्ष बिते, गाउँमा नहर अझै पुगेको छैन ।’ नेपाल सरकार र नेताहरूले भारतसँग आफ्ना कुरा स्पष्ट राख्न नसक्दा सन्धिबाट नेपाल ठगिनुपरेको महकाली–९ का भवानीदत्त जोशीको गुनासो छ । ‘पानीको असमान वितरणको व्यवस्थाले सन्धिमै हामी ठगियौँ । सन्धिमा भएका प्रावधान कार्यान्वयन नभएर पनि अहिलेसम्म ठगिँदै छौँ,’ उनले भने । 

सन्धिअनुसार पानी पाउन नेपालले भारतसँग बलियो रूपमा आवाज उठाउन नसकेको प्रदेश सभा सदस्य मानबहादुर सुनारले बताए । ‘नेपालतर्फको सिँचाइका लागि भारतले सीमासम्म बनाइदिनुपर्ने संरचना निर्माणको पहल सरकारले गर्नुपर्छ, स्थानीय स्तरबाट गरिने पहलले यी विषयको समाधान हुन सक्दैन,’ उनले भने । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x