कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं –नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यससम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आएका वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए।
उनले नेपालमा विभिन्न खानपानको ज्ञान नहुनाले दिनानुदिन शहरी क्षेत्रमा मधुमेहका रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न सबैको पहल हुनुपर्नेमा जोड दिए।
समाजका वरिष्ठ सदस्य एवं आयोजनाका संयोजक डा चुन्दा बज्राचार्यले कामपाका प्रअहरुको सहभागितामा हुने बहस कार्यक्रमबाट रोग न्यूनीकरणमा सहयोग मिल्ने बताए। उनले मधुमेहको रोगको उपचारमा लाग्नुभन्दा रोग लाग्न नै नदिनुतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठले मधुमेह रोकथामका उपाय तथा खानपानमा सुधारका विषयमा विस्तृत जानकारी दिने समाजले जनाएको छ ।
कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक तथा खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठले खाद्य तथा पोषणसम्बन्धी, तिलगङ्गा अफ्थाल्मोलोजी इन्ष्टिच्यूटका नेत्ररोग विशेषज्ञ डा इली प्रधानले मधुमेहबाट आँखामा हुने प्रभाव विषय तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुरोग सम्बन्धमा मन्तव्य दिने संयोजक डा बज्राचार्यले जानकारी दिए। समाजका संस्थापक संरक्षक डा मृगेन्द्रराज पाण्डेले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...