मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
काठमाडौं – हाल भाउजू अमनासँग विवाह गरेका ओसी अख्तरका भाइ बाडी जमी अख्तर भन्छन्–अमनाले अहिले दिएको निवेदन झुटो हो
मेरो नाम बाडी जमी अख्तर हो । म ओसी अख्तरको भाइ हुँ । उसको मृत्यु भयो । त्यसपछि मैले भाउजू अमना खातुनसँग विवाह गरेँ । उनको हेरचाह मैले गरेको छु । खानापिना मैले दिने गरेको छु । अफ्ताब आलमले मेरो दाइ ओसीलाई इँटाभट्टाको चिम्नीमा हालेर मारेको साँचो हो । ऊ जेलबाट छुटोस् या नछुटोस्, हामीलाई न्याय चाहियो । मेरी श्रीमती अमना खातुनले अहिले दिएको भनिएको निवेदन झुटो हो । मैले त निवेदन देखेको पनि छैन । हामी मरेर जाउँ, तर मुद्दा मिल्ने पक्षमा छैनौँ । हामी जस्तोसुकै जोखिम मोल्न पनि तयार छौँ ।
अमनाका बाबु समसुल मियाँ भन्छन्–ओसीको मृत्यु भइसकेको छ, मृत्युदर्ता प्रमाणपत्र मैले नै झिकेको हुँ
मेरी छोरीले अदालत गएर बयान फेर्यो भन्ने सुनेँ । लिखित पनि बुझायो भन्ने छ । उसले ‘मेरो श्रीमान् जिउँदो छ, ऊ वैदेशिक रोजगारीमा छ’ भन्यो रे । त्यो बिल्कुल झुटो हो । मेरी छोरीले बयान फेरेको भनेर जुन कुरा मिडियामा आएको छ, त्यो पनि झुटो हो । छोरीले भनेको यति मात्रै हो– श्रीमान् दुई महिनाका लागि नेपाल आएको थियो, उसको मृत्यु भएको हो या बेपत्ता हो भन्ने मेरा सासूलाई मात्रै थाहा छ । ओसी अख्तर मेरो ज्वाइँ हो । उसको मृत्यु भइसकेको छ । मृत्युदर्ता प्रमाणपत्रसमेत मैले नै झिकेको हुँ ।
बयान फेर्न अदालत पुगेका गौरीशंकर भन्छन्–उनीहरूकै वकिलले तयार गरेको कागजातमा मलाई हस्ताक्षर गर्न लगाए
म अफ्ताब आलमको राजपुरस्थित इँटाभट्टामा काम गर्थेँ । ज्याला लिनु थियो । त्यसैका लागि उनले मलाई राजपुरस्थित घरनजिकै बोलाए । म त्यहाँ पुगेको मात्रै थिएँ, नजिकैको टहरो घरमा बम विस्फोट भयो । छर्रा आएर मेरो छातीमा लाग्यो । म त्यहाँबाट उछिट्टिएर गहुँबारीमा लडेँ । ज्यान जोगाउन म त्यहाँबाट भागेँ । भारततर्फ लागेँ । गाउँकै अस्पतालमा आफैँले उपचार गरेँ । घटनाको १२ वर्षपछि अफ्ताब पक्राउ परेको सुनेँ । त्यसपछि उजुरी दिन म नेपाल आएँ । जिप्रका रौतहट पुगेँ । अफ्ताबविरुद्ध प्रहरीमा जाहेरी दिएँ । घटना सम्बन्धमा प्रहरीलाई बयान दिएँ । अनि घर फर्किएँ ।
चार दिनअघि म घरमै थिएँ । एउटा गाडी मेरो घरअगाडि रोकियो । त्यहाँबाट नौसाद आलमसहित अन्य केही अपरिचित मेरो घरतर्फ आए । केही कुरा गर्नु छ, सँगै जाउँ भने । म डराएको थिएँ । उनीहरूसँगै गाडीमा बसेँ । मलाई भारतकै सिभर भन्ने ठाउँमा लगे । चार दिनसम्म त्यहाँ राखे । हाम्रो मान्छे छुटाउनु भने । त्यसका लागि बयान फेर्न भने । मागेजति रकम दिन्छौँ पनि भने । ज्यान जोगाउनु थियो, त्यसैले उनीहरूले भनेको मानेँ । कागजात उनीहरूकै वकिलले तयार गरेका रहेछन् । त्यसमा हस्ताक्षर गर्न भने, मैले गरेँ । मेरो आधार कार्ड पनि लगेर गए । विस्फोटमा नभई स्टोभ पड्केर घाइते भएको बयान दिन मलाई दबाब दिए । त्यसो नगरे ज्यान मार्ने धम्की दिए । म राजी भएपछि हिजो (सोमबार) त्यो टोलीले मलाई बोर्डरमा ल्याएर छाड्यो ।
रौतहटका डिएसपी नवीन कार्की भन्छन्–गौरीशंकर असिनपसिन हुँदै हतास मुद्रामा अदालत छिरेका थिए
सोमबार अदालतमा अफ्ताब आलमको थुनछेक बहस चल्दै थियो । सुरक्षा प्रबन्ध मिलाउने काम चुनौतीपूर्ण थियो । त्यसैले म आफैँ फिल्डमा खटिएको थिएँ । दिउँसो १:३० तिर जिल्ला अदालत परिसरमै थिएँ । गेटबाट एक व्यक्ति असिनपसिन हुँदै हतास मुद्रामा अदालतभित्र छिरेको देखेँ । नियालेर हेर्दा गौरीशंकर राम चमार रहेछ । उसलाई अनुसन्धानका क्रममा भेटेको थिएँ । अफ्ताब पक्राउ परेपछि ऊ आफैँ अफ्ताबविरुद्ध जाहेरी लेखाउन हामीकहाँ आएको थियो । ऊसँग गोप्य बयान मैले नै लिएकाले पनि चिनेँ ।
ऊ निकै हतास देखिन्थ्यो । म नजिकै गएँ । ‘अरे ओ गौरीशंकरजी’ भनेँ । ऊ हच्कियो । म अझै नजिक गएँ । पसिनाले निथु्रक्कै भिजेको रहेछ । हातमा केही कागजात पनि बोकेको देखियो । मैले के हो भनेर सोधेँ । ऊ बोलेन । निकै डराएजस्तो देखेपछि आफूसँगै जिप्रका लगेँ । खाना खाएको रहेनछ । पानी दिएर उसैलाई खान पकाउन लगाएँ । खाना खाएपछि बल्ल केही फेरिएजस्तो देखियो । त्यसपछि मेरा प्रश्नमा ऊ खुल्न थाल्यो । ऊ भारतीय नागरिक हो । अफ्ताबविरुद्ध जाहेरी दिएपछि ऊसँग हामीले बयान लिएका थियौँ । मेडिकल रिपोर्ट पनि बनाएका थियौँ । उसले २७ चैत ०६४ मा राजपुरमा भएको बम विस्फोटमा आफू घाइते भएको बयान दिएको थियो । त्यसपछि घर फर्किएको थियो । अफ्ताब पुर्पक्षका लागि जेल जान सक्ने देखिएपछि उसका सहयोगी गौरीशंकरको घरमा गएछन् । घरबाटै अपहरण गरेछन् । चार दिनसम्म अज्ञात स्थानमा लगेछन् । बयान फेर्न प्रलोभन दिएछन् । नमानेपछि ऊसहित उसका परिवारको समेत ज्यान लिने धम्की दिएछन् । त्यसपछि ऊ बयान फेर्न राजी भएछ । उनीहरूले कागजातसमेत नक्कली बनाएछन् । हस्ताक्षर गर्न लगाएछन् । अफ्ताबकै सहयोगीले सोमबार उसलाई गौर ल्याएर छोडेछन् । सोही आदेशअनुसार ऊ सोमबार अदालत आएको रहेछ । अहिले ऊ हामीसँग सुरक्षित छ । तर, निकै डराएको छ । हामीले घर जान भनेका छौँ, उसलाई सहयोग गर्न भारतीय प्रहरीलाई पनि आग्रह गरिसकेका छौँ । तैपनि ऊ डराइरहेको छ । घर जानै मानेको छैन । विस्तुत खबर नयाँ पत्रिकामा छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...