/* Sketch */
×

मतपेटिका हो कि फोहोर फाल्ने डस्टबीन ?

यो दृष्य निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरको हो । जहाँ गत निर्वाचनमा प्रयोग भएका मतपेटिका अलपत्र परेका छन् । सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी २०७८ वैशाखमा नयाँ आम निर्वाचन गर्ने घोषणा गरेको छ । प्रत्येक निर्वाचनका बेला आयोगले ठूलो धनराशी खर्च गरी मतपेटिका किन्ने गरेको छ । एकपटक प्रयोग भएका मतपेटिका पुनः प्रयोग गर्न सकिने भए पनि संरक्षण अभावमा आयोगको कार्यालय परिसरमा अलपत्र परेका छन् । संरक्षण गरेर पुन: प्रयोग गर्न सकिने सरकारी सम्पत्तिको सुरक्षा गर्न पनि नसक्ने ? यसतर्फ सम्बन्धित निकायको ध्यान कहिले पुग्ने ?

कमेन्ट गर्नुहोस्