/* Sketch */
×

मुसा र बिरालोले लोडशेडिङ गराउने विद्युत् प्राधिकरणको बोर्डको यो के बेहाल ?

यो साइनबोर्ड हेर्नुस् त । यसमा नेपालका सरकारी कार्यालयको प्रतिविम्ब झल्किन्छ ।  राजधानी काठमाडौंको मुटु रत्नपार्कनजिक रहेको प्राधिकरणको केन्द्रीय कार्यालय एवं प्रमुख वितरण केन्द्रको बोर्ड हो यो ।  वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने र जनतासँग प्रत्यक्ष सरोकार राख्ने यो कार्यालयको बिजोग हेरिनसक्नु छ ।  अपरिचित सेवाग्राहीले कसरी थाहा पाउने कार्यालय ? एउटा सामान्य बोर्ड समेत मर्मत गर्न नसक्ने प्राधिकरणको व्यवस्थापन क्षमतामा प्रश्न उठ्दैन ?  यस्तै व्यवस्थापकीय कमजोरीका कारण प्राधिकरणमा कहिले मुसा त कहिले बिरालाले लोडशेडिङ गराउँदै आएका छन् । कहिले जिम्मेवार बन्ने हो प्राधिकरणका हाकिमहरू ?

कमेन्ट गर्नुहोस्