/* Sketch */
×

नझुक्किनुस्, यो बन्दै गरेको हाम्रै संसद् भवन हो

नझुक्किनु होला, बन्न लागेको यो भवन नेपालकै हो । सिंहदरबार कम्पाउन्डभित्रको पुतली बगैँचामा बन्दै गरेको सुविधासम्पन्न संसद् भवन हो यो । सिंहदरबार भित्र रहेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले भत्काइदिएपछि नयाँ संसद् भवन बन्न लागेको हो । आफ्नै भवन नहुँदा २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको छ । सिंहदरबारभित्र बन्न लागेको यो भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै सभा हल र संसदीय समितिका बैठक कक्ष रहनेछन् । शनिवार सार्वजनिक बजेटमा संसद् भवन निर्माणका लागि ५ अर्ब रुपैयाँ छुट्ट्याइएको छ । दुई वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्