/* Sketch */
×

कंक्रिट थुपार्न चिथोरिएको राजधानीको भित्तो !

यो तस्वीर ललितपुरको गोदावरी नगरपालिकास्थित गोदामचौर क्षेत्रको हो । गोदावरीमा मात्र होइन यस्ता दृश्य अहिले राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा देख्न सकिन्छ । यसरी भइरहेको अव्यव्यस्थित जग्गा प्लटिङले एकातर्फ राजधानी काठमाडौंलाई कुरुप बनाइरहेको छ भने अर्कातर्फ पर्यावरण खल्बलिने चिन्ता विज्ञहरूको छ । यसरी जथाभावी जमिन खन्दा यहाँका खोलामा बाढी र डुबानको समस्या देखिने गरेको छ । यस्ता अव्यवस्थित प्लटिङको अनुमगन कसले गर्ने ? काठमाडौं उपत्यकालाई स्वच्छ शहर बनाउने कि कंक्रिटको शहर बनाउने ? सोच्न ढिला भएन र ?

कमेन्ट गर्नुहोस्