/* Sketch */
×

सरकार, अझै पनि भिजिट नेपाल– २०२० ?

यो तस्वीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको हो । तस्वीरमा भिजिट नेपाल– २०२० लेखेको बोर्ड स्पष्ट देख्न सकिन्छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । वर्षको शुरूआतबाटै कोरोना संक्रमण फैलिएपछि पर्यटन वर्षको कार्यक्रम स्थगित भयो । भिजिट नेपाल– २०२० स्थगित भएको झण्डै २ वर्ष र सन् २०२१ लागेको एक वर्ष हुन लाग्दा पनि विमानस्थलमा पर्यटन वर्षका बोर्ड र पम्प्लेटहरू यथावत छन् । देशीविदेशी पाहुनाहरू भित्रिने र भीभीआईपीहरू समेत ओहोरदोहोर गर्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अवस्था रहनु लाज लाग्नुपर्ने विषय होइन र ? कहिले जाला ध्यान ?

कमेन्ट गर्नुहोस्