/* Sketch */
×

जनतामाथि 'राज्य अत्याचार'को नमूना हेर्न गुर्जुधारा जाऔं

यो तस्वीर कुनै ‘बाइक राइडिङ’ प्रतियोगिताको तयारीको होइन, राज्यलाई कर तिर्न लाइनमा बसेका सर्वसाधारण सवारीधनीको हो । विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने डिङ हाँक्छ, सरकार । तर, सर्वसाधारण जनतालाई भने राज्यलाई कर बुझाउन पनि यस्तो सास्ती छ । यो तस्वीर गुर्जुधारास्थित यातायात कार्यालयको हो । जहाँ चर्को घाम र पानीमा भिजेर सर्वसाधारण कर तिर्न लाइनमा बसिरहेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ‘गाउँ–गाउँ’मा सिंहदरबार पुगेको भनिए पनि जनतालाई राज्यबाट लिने सेवा लिनका लागि पञ्चायतकालीन सास्ती बेहोर्नु परेको छ । जनताको करबाट तलबभत्ता खाने नीति निर्माता र कर्मचारीले कर तिर्ने नागरिकमाथि गरेको अत्याचारको नमूना हो यो । ‘सार्वभौम’ जनताले कुन तन्त्र आएपछि यो सास्तीबाट मुक्ति पाउने हो ?

कमेन्ट गर्नुहोस्