नुवाकोटमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

फाइल फोटो।

नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली सेनाले बिहीबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

तारकेश्वर –४ स्थित बुधसिङमा आयोजित शिविरको उद्घाटन जबरजङ्ग गणका गणपति उदयबहादुर लामिछानेले गरे। सेनाले सधैँ नेपाली जनतामाझ सहयोगी मन र अपनत्वको भावना कायम राखी सहयोग गर्दै आइरहेको उनले बताए।


Advertisement

शिविरमा आफ्नो स्वास्थ्यबारे चिकित्सकलाई जाँच गराउन स्थानीयवासीलाई उनले आग्रह गरे।

 गाउँपालिकाका अध्यक्ष रमेश वस्ती र उपाध्यक्ष तारादेवी रिमालले वृद्धवृद्धा, अपाङ्गता र अशक्तहरु  साधारण उपचारकै लागि  लामो बाटो धाएर जिल्ला सदरमुकाम जान परिरहेका अवस्थामा घरआँगनमै निःशुल्क स्वास्थ्य शिविर आएकाले तारकेश्वरवासीलाई ठूलो राहत मिलेको बताए।


Advertisement

कार्यक्रममा  गाउँपालिका –४ का वडाध्यक्ष राममणि अधिकारीले स्वास्थ्य शिविरमा सबै स्थानीय बासिन्दालाई आफ्ना रोगका बारेमा चिकित्सकलाई नलजाई, नडराई भन्न आग्रह गरे।

शिविरमा आज ८० महिला र ५४  पुरुषले उपचार सेवा लिएको वडा सचिव चन्द्रनिधि घिमिरेले जानकारी दिए। उपचार लिनेमा  स्त्रीरोगका ३२  बिरामी थिए।  शिविर शुक्रबारसम्म चल्ने जबरजङ्ग गणले जनाएको छ। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्