×

NMB BANK
NIC ASIA

घरेलु उद्यमको प्रवर्द्धनमा एनएमबी बैंक, विनाधितो सहुलियत ऋण उपलब्ध गराउने

माघ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनएमबी बैंक लिमिटेडले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सरकारी लक्ष्य पूरा गर्ने अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Muktinath Bank

नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघसँग महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय परामर्श र सहुलियत कर्जा प्रवाहबारे समझदारीपत्रमा हस्ताक्षर गर्न शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बैंकले यस्तो प्रतिबद्धता जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पवनकुमार गोल्यान


Advertisment
Nabil box
Kumari

आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्दै आन्तरिक निर्यात् क्षमतालाई अभिवृद्धि गर्न मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङ कार्यक्रममा एनएनबी बैंक अगाडि बढेको बैंकका अध्यक्ष पवनकुमार गोल्यानले बताए । 

Vianet communication
Laxmi Bank

‘हामीले कुरा गरेर मात्रै देश बन्दैन, काम गर्नुपर्छ । सरकारले मात्रै सबै कुरा गर्दैन । हामीले महिलाहरूलाई व्यवसायमा अगाडि ल्याउनका लागि वातावरण बनाउँदैछौं ।’

हाते कागजको सन्दर्भमा पनि पैसा वास्तविक किसानभन्दा बिचौलियाले बढी कमाइरहेको उनको भनाइ थियो । उनले महिला उद्यमीहरूलाई व्यवसायमा अघि बढाउन विना धितो ऋण उपलब्ध गराउने बताए ।

‘हामीले १ सय २० अर्ब ऋणको क्षेत्रमा लगानी गरिराखेका छौं, अब स्वदेशी उत्पादन र उद्योगको विकासका लागि सहुलियतमा विना धितो १५ लाखदेखि अर्बसम्म पनि लगानी गर्न तयार छौं,’ उनले भने ।

नेपालमा उत्पादन भएको ३ प्रतिशत मात्र अल्लो अहिलेसम्म प्रयोगमा आएको बताउँदै उनले यसलाई औद्योगिक उत्पादनको रूपमा विकास गर्न सकेमा नेपालको निर्यातमा टेवा पुर्‍याउन सकिने र समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी

हस्तकलाबाट निर्माण भएका सामग्री नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा छुट्टै राख्ने विषयमा सरकारसँग कुरा भइरहेको जानकारी गराउँदै अध्यक्ष गोल्यानले त्यसो हुन सकेमा हस्तकलाका सामग्रीको बजार व्यवस्थापनमा समस्या कम भएर जाने धारणा राखे ।

एनएनबी बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ र नेपाल उद्यमी महिला महासंघसँग छुट्टाछुट्टै समझदारी गरेको छ ।

क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा सहुलियत कर्जा सहितका विविध क्षेत्रमा बैंकले सेवा पुर्‍याउने समझदारीमा उल्लेख गरिएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघका अध्यक्ष बुद्धि पूर्जा मगर र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले उल्लेखित संघमा आवद्ध उद्यमीहरूले बैंकको १६३ वटै शाखाबाट सहुलियत ऋण सुविधा लिन सक्ने बताए ।

ती उद्यमीहरूलाई उपलब्ध गराइने ऋणको ब्याजदर ५ देखि ६ प्रतिशतसम्म मात्रै हुने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x