×

NMB BANK
NIC ASIA

व्यास नगरपालिकाको नगरसभा : भ्रमण र महँगी भत्ता घटाउने प्रस्ताव

माघ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ का लागि संशोधित बजेट प्रस्तुत गरेको छ ।

Muktinath Bank

नगरपालिकाको शुक्रबारदेखि शुरु भएको ३२ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले चालु आवका  लागि रु एक अर्ब ४४ करोड ४४ करोड ८२ लाख ७६ हजार ७०० को संशोधित आय प्रस्तुत गर्नुभयो । ३१ औँ नगरसभाबाट चालु आवका लागि रु एक अर्ब २३ करोड १८ लाख २५ हजारको बजेट पारित भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा रु एक करोड २१ लाख ९६ हजार थप आय हुने गरी कूल आन्तरिक आय रु १६ करोड छ लाख ९६ हजार हुने गरी संशोधन गरिएको छ । बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु पाँच करोड ५७ लाख ५५ हजार ७१७ थप आय हुने गरी कूल बाह्य र अन्य आय रु एक अर्ब २८ करोड ७५ लाख ८० हजार ७१७ हुने अनुमान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

चालु खर्चतर्फ रु ७७ करोड ८६ लाख ७९ हजार अनुमान गरिएकोमा पुस मसान्तसम्म रु २७ करोड ७८ लाख दुई हजार ७३२ खर्च हुन आएको छ । पूँजीगततर्फ रु ६० करोड १६ लाख ४६ हजार विनियोजन गरिएकोमा पुस मसान्तसम्म रु १० करोड ९२ लाख ७७ हजार २५३ खर्च हुन आएको छ । चालु र पूँजीगत गरी कूल जम्मा रु ३८ करोड ७० लाख ७९ हजार ९८५ यथार्थ खर्च हुन आएको नगरपालिकाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

उनका अनुसार साउनदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालु खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा रु एक करोड ८८ लाख १४ हजार थप व्यय गर्ने गरी कूल चालु खर्च रु ७९ करोड ७४ लाख ९३ हजार संशोधित अनुमान कायम गरिएको छ ।

पूँजीगततर्फ विभिन्न कार्यक्रममा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु चार करोड ९१ लाख ३७ हजार ७१७ थप गरी कूल व्यय अनुमान रु ६५ करोड सात लाख ८३ हजार ७१७ को संशोधित विनियोजन कायम गरिएको छ । चालु खर्च र पूँजीगत खर्च शीषर्कको खर्चसमेत गरी कूल रु एक अर्ब ४४ करोड ८२ लाख ७६ हजार ७१७ को संशोधित विनियोजन कायम हुने गरी व्यय अनुमान गरिएको उनले जानकारी दिए । 

गत आव ०७५/७६ का लागि कूल रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार ५१२ को संशोधन आय अनुमान गरिएकोमा रु एक अर्ब २० करोड ९० लाख ८१ हजार ८४ यथार्थ आय हुन आएको नगरपालिकाले जनाएको छ । व्ययतर्फ कूल रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार ५१२ को संशोधित विनियोजन गरिएकोमा रु एक अर्ब आठ करोड ६३ लाख ३३ हजार ३६७ यथार्थ खर्च हुन आएको थियो । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सभामा चालु आवको यस अवधिमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, अव्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायका क्षेत्रमा काम गरेको बताउनुभयो  । नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्भे गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए । 

उनका अनुसार चालु आवमा नगरस्तरीय ७०, वडास्तरीय ३३७, क्रमागत १०० र विविध फुटकर योजना ७८ समेत गरी जम्मा ५८५ योजना कार्यान्वयनको चरणमा रहेका छन् । यस वर्ष वडा नं ४, ७, १० र ११ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन भइसकेको, वडा नं ५ को सञ्चालन गर्ने तयारी भएको र वडा नं ९ को कार्यालयको ढलान सम्पन्न भएको जनाइएको छ  ।

केशवटार मार्ग, छाब्दीमार्ग, छिर्कने कर्लुङ मार्ग, खड्गकाली मार्ग, पराशर मार्ग, कलेस्ती मार्ग, क्यामिन पर्यटन मार्ग, कालिका मार्ग, माहेन्द्री मार्ग, वैरेनी नयाँबस्ती मार्गको बोलपत्र प्रक्रिया सम्पन्न भई कालोपत्रे निर्माण सम्पन्न भएको छ । 

नगरसभामा लेखा समिति, विधायन समिति, न्यायिक समिति, आर्थिक समिति, भौतिक पूर्वाधार समिति, सार्वजनिक सेवा तथा सुशासन समिति, वन तथा वातावरण समिति, सामाजिक विकास समितिलगायत अन्य समितिका संयोजकले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरसभाले संशोधित बजेट, कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयक पारित गर्ने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

भ्रमण र महँगी भत्ता घटाउने प्रस्ताव

नगरसभाले जनप्रतिनिधिको भ्रमण भत्ता, कर्मचारी तलब, महँगी भत्तालगायतमा बजेट घटाउने भएको छ । संशोधित व्यय अनुमानमा उल्लेख गरिएबमोजिम जनप्रतिनिधि दैनिक भ्रमण भत्तातर्फ रु १० लाख विनियोजन गरिएकोमा रु चार लाख बजेट घटाइएको छ ।

कर्मचारी तलबतर्फ रु रु छ करोड विनियोजन गरिएकोमा रु दुई लाख ४० हजार, कर्मचारी महँगीभत्तातर्फ रु २२ लाख विनियोजन गरिएकोमा रु तीन लाख, कर्मचारी दैनिक भत्तातर्फ रु २० लाख विनियोजन गरिएकोमा रु एक लाख ५० हजार बजेट घटाउने जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x