×

NMB BANK
NIC ASIA

नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीको चर्काे आलोचना

माघ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत साउनमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक ६ महिनापछि शनिवार बिहान ९ बजेदेखि शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जताततै सरकारको आलोचना हुन थालेको, प्रदेशसभा सदस्य तथा सरकारका मन्त्रीले मनलाग्दी बोल्ने गरेको गुनासो सर्वत्र फैलिएपछि नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ २४ गते प्रदेश सभाको पाँचौ अधिवेशनमा नेकपाका शक्तिशाली नेता यामलाल कँडेलले सरकारले सदन र संसदीय दललाई विश्वासमा लिन नसकेको भन्दै कडा आलोचना गरेका थिए । कँडेलबाहेक अन्य प्रदेशसभा सदस्यले सञ्चारमाध्यम तथा सार्वजनिक कार्यक्रममार्फत भएपनि सरकारको आलोचना गर्दै आइरहेका थिए ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक आलोचना बढेपछि नेकपा संसदीय दलको बैठक बोलाउन मुख्यमन्त्री तथा दलका नेता महेन्द्रबहादुर शाही बाध्य भएका एक प्रदेशसभा सदस्यले दाबी गरे ।

Vianet communication
Laxmi Bank

शनिवार दिउँसोसम्म सरकारका मन्त्रीले प्रगति विवरण राख्ने काम सम्पन्न गरेका छन् भने ८ जना प्रदेशसभा सदस्यले धारणा राखेका स्रोतले जनाएको छ । ‘दलको बैठकमा भाग लिने सदस्यहरूमा सरकारको काम कारवाहीप्रति सन्तुष्टि देखिएन । सरकार आफ्नै दलको भएपनि सदस्यहरूलाई साथमा लिन नसकेको, प्रतिपक्षीलाई बढी प्राथमिकता दिने गरेको वा सार्वजनिक विरोध गर्ने अवसर दिने काममा सफल भएको, योजनामा प्रदेशसभा सदस्यलाई जानकारी नै नदिई मनोमानी तरिकाले सरकारले कार्यविधिका नाममा फेरबदल तथा रोक्का गर्ने गरेको आरोप लगाउँदै छलफल भएको छ,’ एक सदस्यले भने, ‘यसरी सरकार कसरी चल्छ ? सरकारलाई हामीले नै काम गर भनेर भनेका होइनौं र ? कम्तिमा हामी सदस्यहरूको भावनाको कदर कहिले गर्ने ? कति विरोध गर्ने ?’

लामो समयसम्म संसदीय दलको बैठक नबोलाएको र सरकार सञ्चालनमा सांसदसँग समन्वय नगरेको भन्दै आलोचनाको केन्द्रमा मुख्यमन्त्री शाही रहेका छन् । छलफलमा भाग लिएका अर्का सदस्यले सरकारले सोचे अनुसारको काम गर्न नसकेको कुरा छलफलमा उठेको बताए ।

‘सरकारले कर्मचारी भर्ना गरेको छ । हरेक जिल्लामा कार्यालय स्थापना पनि गरेको छ । के कारणले पूँजीगत खर्च गर्न सरकारले सकेन ? हामीलाई चित्त बुझ्दो जवाफ चाहियो,’ बैठकमा कडा रुपमा बैठकमा प्रस्तुत भएका प्रदेश सभा सदस्यले भने, ‘हामी हाम्रो सरकारले यसो गरेको छ, उसो गरेको छ भनेर बाहिर प्रचार गर्ने तर सरकार हामीलाई नै बाइपास गरेर अघि बढ्न खोज्ने ? यो कस्तो चलन हो ? यसरी कति दिन चल्छ ? हामीले जनतालाई के जवाफ दिने ?’

नेकपा संसदीय दलका सचेतक सीता नेपालीले सरकारको कामको समीक्षा भइरहेको लोकान्तरलाई बताइन् । ‘नेकपाको सरकार भएको र हाम्रै साथीहरू सरकारमा भएका कारण सरकारको काम कारवाहीको समीक्षा भइरहेको छ,’ उनले भनिन्, ‘सरकारका मन्त्रीले आफूले गरेको काम कारवाहीको प्रगति विवरण राखिसक्नुभएको छ । प्रदेशसभा सदस्यले राख्ने क्रम जारी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x