‘शिखरको ढुङ्गा’ माथि बहस

सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’ माथि शनिबार नेपाली साहित्य घर कोटेश्वरमा बहस भएको छ।

साहित्य घरले सञ्चालन गर्न लागेको मासिक कार्यक्रम ‘डबली’को पहिलो शृंखलामा शिखरको ढुंगा उपन्यासमाथि बहस भएको हो। बहसकर्ता समीक्षक कैलाश राई थिइन्।  लेखक सरल सहयात्री पनि कार्यक्रममा सहभागी थिए।


Advertisement

कवि तथा पत्रकार कला अनुरागीले सहजीकरण गरेका थिए।

समीक्षक कैलाश राईले शिखरको ढुंगा उपन्यासले जनयुद्ध र हिमाल आरोहणको कथालाई संयुक्त रुपमा प्रस्तुत गरेको बताइन्।


Advertisement

 उनले शिखर प्राप्तका लागि हिँडेको योद्धाले ढुंगा लिएर फर्केको विषयले लडाईंबाट प्राप्त उपलब्धिलाई संकेत गरेको बताइन्। उनले जनयुद्धले अधिकार प्राप्तिको् लडाईं भएको उल्लेख गर्दै गणतन्त्र धर्म निरपेक्षताजस्ता उपलब्धि त्यसैको जगमा भएको बताइन्।  

लेखक सरह सहयात्रीले आफूले उपन्यासमा सचेततापूर्ण रुपममै जनयुद्धको विषयलाई कम ल्याएको बताए। जनयुद्धमा सहभागी भएको र क्यान्टोनमेन्ट समेत रहेको योद्धा भएका कारण आफूबाट पाठकहरुले जनयुद्धको विषय नै अपेक्षा गरेको उनको भनाइ थियो। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्