×

NMB BANK
NIC ASIA

औद्योगिकग्राम स्थापना हुने भएपछि धारापानीवासी खुशी

माघ २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

Muktinath Bank

मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२  धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको हो । जोरायल गाउँपालिका–२ धारापानीका तीर्थ भण्डारीले भने, 'सरकारले हाम्रो गाउँपालिकामा औद्योगिकग्राम खेल्न गरेको निर्णय स्वागतयोग्य छ, हामी खुशी भएका छौँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० स्थानीय तहलाई औद्योगिकग्राम घोषणा गर्न मन्त्रिपरिषद्मा केही समय पहिले प्रस्ताव पठाएको र सोमबार बसेको बैठकले पाँच स्थानीय तहलाई औद्योगिकग्राम बनाउने निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै सरकारले यसै आर्थिक वर्षमा देशका ७० स्थानीय तहमा औद्योगिकग्राम घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

Vianet communication
Laxmi Bank

यसअघि प्रदेश १ मा एक, प्रदेश नं २ मा तीन, वाग्मती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा ११, प्रदेश नं ५ मा सात, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन औद्योगिकग्राम घोषणा गरिसकेको छ । सबै स्थानीय तहमा औद्योगिकग्राम बनाउने योजना रहेको बताइएको छ । 

यसअघि सरकारले ३२ स्थानीय तहलाई औद्योगिकग्राम बनाउन घोषणा गरी रु २९ करोड ४४ लाख हस्तान्तरण गरिसकेको छ ।

जोरायलमा औद्योगिकग्राम स्थापना गरिए जिल्लाभरिका स्थानीय गाउँमै रोजगारी पाउनुका साथै औद्योगिक क्षेत्रमा जिल्लाले नै फड्को मार्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। उनले भने, 'औद्योगिक ग्राम खुले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने छ, सबैले घरैमा रोजगारी पाउनेछन् ।'

फागुन १ गतेबाट प्रादेशिक महोत्सव

पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न डोटी चेम्बर अफ कमर्सले आउँदो फागुन १ गतेबाट डोटीको दिपायलमा दोस्रो सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवका लागि आवश्यक तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।  प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ ।

जिल्लामा उत्पादन हुने स्थानीय खाद्यवस्तु तथा कला संस्कृतिको संरक्षण तथा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि महोत्सव आयोजना गरिन लागेको आयोजक सस्थाका  अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए। उनले भने, 'पर्यटन वर्ष सफल पार्न तथा कला संस्कृतिको संरक्षणका लागि हामीले महोत्सवको आयोजना गर्दैछौँ, सबैको सहयोग आवश्यक छ ।'

महोत्सव अवधिभरिमा सेतीनदीमा जलयात्रा, प्यारागलाइडिङको आयोजना गरिने जनाइएको छ ।  फागुन १० गतेसम्म जारी रहने महोत्सवे दिपायलस्थित दिल्पेश्वर मठमा आयोजना हुने भएको छ । विमलबहादुर विष्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x