कोरोनाभाइरस पत्ता लगाउने भनिएको रोबोटले मान्छे तर्साएपछि न्युयोर्कको पार्कबाट हटाइयो (भिडियो)

कोरोनाभाइरस पत्ता लगाउने भनी दाबी गरिएको रोबोटलाई न्युयोर्कको एक पार्कमा प्रतिबन्ध लगाइएको छ । मानिसहरू तर्सिएपछि रोबोट हटाइएको बताइएको छ । 

रोबोटले मानिसहरूलाई विभिन्न प्रश्न सोध्छ जसमा एउटा प्रश्न छ, ‘तपाईंलाई विगत तीन दिनमा ज्वरो आएको थियो ?’


Advertisement

म्यानह्याटनको ब्रायन्ट पार्कमा रोबोट राखिएको थियो र उसले त्यहाँ तीनजना मानिसको परीक्षण गरेपछि पार्कका सुरक्षागार्डहरूले उसलाई रोकेका थिए । 

यो पाँच फीट अग्लो रोबोट पेन्सिल्भेनियामा रहेको कम्पनी प्रोमोबोटले बनाएको हो र त्यसले अनुमति नलिएको भनी अधिकारीहरूले त्यसमाथि प्रतिबन्ध लगाएका थिए । 


Advertisement

रोबोटले केही दिनअघि टाइम्स स्क्वेयरमा सुरक्षा मास्क वितरण गरेको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्