×

NMB BANK
NIC ASIA

आइसीसी विश्वकप लिग–२: अमेरिका र ओमान भिड्दै

माघ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् ।

Sagarmatha Cement
Muktinath Bank

ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्षस्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अङ्कसहित शीर्षस्थानमा छ । उसको रनरेट राम्रो छैन । अमेरिकाले आजको खेल जिते शीर्षस्थानमा पुग्नेछ । हालसम्म खेलेको १० खेलमध्ये छ मा जित र चारमा हारेको अमेरिकाले १२ अङ्क बटुलेको छ ।


Advertisment
Nabil box
Kumari

हालसम्म ओमानले दुईपटक टस जितेको छ । दुवैपटक उसले फिल्डिङ नै रोजेको थियो । पहिलो खेलमा हारेको अमेरिका त्यसको बदला लिने दाउमा छ । ओमानले हालसम्म कीर्तिपुरमा खेलेको तीनवटै खेलमा शतप्रतिशत नजिता निकालेको छ । उसले नेपाललाई दुवै खेलमा पराजित गरेको थियो । ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा आठ विकेटले हराएको थियो । ओमानको ब्याटिङ पक्ष बलियो देखिएको छ । 

Vianet communication
Laxmi Bank

नेपालसितको दोस्रो खेलमा शतकीय पारी खेलेका अलराउन्डर अकीब इलियासमाथि सबैको ध्यान हुनेछ । तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका इलियासले हालसम्म तीन खेलमा १९७ रन बनाएका छन् । नेपालसितको पहिलो खेलमा १६ रनमा रनआउट भएका उनले दोस्रो खेलमा अविजित १०९ रन बनाएका थिए । यस्तै इलियासले अमेरिकासितको पहिलो खेलमा ७२ रन बनाएका थिए । इलियासले बलिङ पनि राम्रो गरेका छन् ।

उनले हालसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । यस्तै ओमानको ब्याटिङ इलियाससँगै कप्तान जेशन मक्सुद, मोहमद नदिम, खबर अली र सुरज कुमारमाथि निर्भर रहनेछ । ओमान बलिङका लागि इलियाससँगै जेशन मक्सुद, बिलाल खान, कलिमउल्लाह र मोहमद नदीममाथि भर पर्नेछ । नदीमले हालसम्म तीन खेलबाट सात, मक्सुदले पाँच, बिलालले चार तथा  कलिम उल्लाहले तीन विकेट लिन सफल भएका छन् । 

यसैगरी अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ । अमेरिकाको ओपनिङ खासै जमेको छैन । ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए । सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाएका थिए ।

नेपालसितको खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन् । उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए । आरोनले पाँच रन हानेका थिए । अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन् । उनले ओमानसितको पहिलो खेलमा ६५ रन तथा नेपालसितको खेलमा ७५ रन बनाएका थिए । यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् । 

यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ । हालसम्म खेलेका दुई खेलमा केमरुन र सौरभले तीन–तीन तथा अन्यले एक–एक विकेट मात्र लिएका छन् । केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए ।

समग्रमा लिगको शीर्षस्थानमा उक्लिनका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा निकै मेहनत गर्नुपर्नेछ । सामान्य खेल प्रदर्शनले उसको शीर्षस्थानको लक्ष्य पूरा हुनेछैन । ओमान अहिले उत्कृष्ट लयमा छ । उसको ब्याटिङ, बलिङ र फिल्डिङ निकै बलियो छ । यही कारणले हालसम्मका तीनवटै खेलमा जित हात पारेको हो । त्यसैले आजको खेलमा ओमानलाई हराउन अमेरिकालाई सहज हुनेछैन । ओमानको ब्याटिङ लाइनलाई नियन्त्रणमा लिनसके अमेरिकाले जित निकाल्न सक्छ । शीर्षस्थानमा रही प्रसन्नताका साथ घर फर्किने इच्छा पूरा हुनेछ । अमेरिका र ओमानले गत वर्ष एकदिवसीय मान्यता पाएका हुन् । विक्रम गिरी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x