एनएमबी बैंकका अध्यक्ष गोल्यानलाई सीआईपी सम्मान

फाइल तस्वीर

एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित भएका छन् ।

मंगलवार राष्ट्रियसभामा आयोजित एक कार्यक्रममा अध्यक्ष गोल्यानलाई उक्त सम्मान व्यक्त गरिएको हो । 


Advertisement

सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायीबाट गोल्यान सम्मानित भएका हुन् । 

यसैगरी युवा उद्यमी व्यवसायीमध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गरेकोमा अक्षय गोल्यान सम्मानित भएका छन् ।


Advertisement

सरकारले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मानबाट २५ जनालाई सम्मानित गरेको हो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्