पाटेबाघको छालासहित तीन जना सीआईबीकाे फन्दामा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पाटेबाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँबाट गएको सीआईबीको टोलीले दाङको तुल्सीपुर उपमहानगरपालिका ५ बसपार्कबाट बाघको छाला बरामद गरेको हो। 


Advertisement

सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा सल्यानका यमबहादुर राना, सुरनित रामजा बुढामगर र रमित सुनार पक्राउ परेका हुन्।

सीआईबीले उनीहरुको साथबाट पाटेबाघको एक थान छाला बरामद गरेको हो। 


Advertisement

पक्राउ परेकालाई डिभिजन वन कार्यालय दाङमा बुझाइएको छ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्