×

NMB BANK
NIC ASIA

होली पर्वको विधिवत शुरूआत हुन केही हप्ता बाँकी रहँदा कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको आदिवासी रानाथारु समुदायमा ‘होरी’ अर्थात् होली शुरू भएको छ ।

Muktinath Bank

महिनौं दिनसम्म होरी मनाइने प्रचलन रहेको रानाथारु समुदायमा माघ २६ गते पूर्णिमाको रातिदेखि शुरू भएको छ । २ चरणमा होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायले पहिलो चरण अन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाउने प्रचलन रहिआएको बताइन्छ । यसरी १ महिना ८ दिनसम्म होरी मनाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका स्थानीय समेत रहेकी प्रदेशसभा सदस्य एवं रानाथारु बृद्धिजीवी मालामती रानाले होरी मनाउने विधिबारे प्रकाश पार्दै भनिन्, ‘माघ पूर्णिमाको राति गाउँको दक्षिणी सीमानामा पूजापाठ गरेर त्यहाँ ७ वटा कन्डा (गुइठा) छोड्छौं, त्यसपछि होरीको शुरूआत हुन्छ, फागुन पूर्णिमा नआउन्जेलसम्मको १ महिनाको अवधिमा प्रत्येक रात घरघरमा गई होरी सम्बन्धी गीत गाउने र सामूहिक रुपमा नाच्ने प्रचलन रहिआएको छ ।’


Advertisment
Nabil box
Kumari

यसरी विधिवत शुरूआत भएको १ महिनापछि पनि विधिवत रुपमा होरीको समापन गरिन्छ । उनका अनुसार गाउँको दक्षिणी सीमानामा १ महिना पहिले नै छोडिएको गुइठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाइसहित जलाइन्छ । दैत्य हिरन्य कस्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइठालगायत वस्तुलाई विधिपूर्वक पूजापाठ गरी जलाउने गरिन्छ ।

Vianet communication
Laxmi Bank

असत्यमाथि सत्यको जीतको अवसरमा मनाइने यस पर्व मनाउने तौरतरिका भने समुदायपिच्छे विविधता पाइन्छ । यहाँसम्म कि १ महिना ८ दिनसम्म होरी मनाउने रानाथारु समुदायले फागु पूर्णिमापछिको १ दिनमा मात्रै रंग अविरको प्रयोग गरिने बताउँछिन् धनगढी–७ देवहरियाकी ७३ वर्षीया करुवादेवी राना ।

रानाथारु समुदायमा होरीको विधिवत समापन गर्ने पनि अनौठो तरिका पाइन्छ । होरीको अन्तिम दिनको बिहानै सबै गाउँलेहरू माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सीमानामा भेला हुन्छन् । बनाएर लगिएको ती माटाका गोलीलाई रानाथारु समुदायमा ‘खक्रेरा’ भन्ने गरिन्छ ।

गाउँको भर्रा (पूजारी) ले विधिवत् रुपमा पूजापाठ गरिसकेपछि ती खक्रेरालाई फुटाएर होरीको विधिवत बिर्सजन गरिने उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x