पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
अमेरिकाविरुद्ध नेपालले शानदार जीत हासिल गरेपछि कलाकार मधुसुधन पाठक 'सीते बा'ले रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका छन् ।
सक्किगोनी हाँस्यटेलिसिरियलका कलाकार पाठकले नेपालको जीतको खुशियालीमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमार्फत उक्त सहयोग रकमको घोषणा गरेका हुन् । उनले लेखेका छन्, 'आजको खेलमा 'हाम्रो शान हाम्रो नेपाली क्रिकेट टीम'ले अमेरिकालाई ३५ रन मै अलआउट गरेर विश्व कीर्तिमान राख्न सफल भएको खुशियालीमा रु. ५००० गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई सहयोग गर्ने घोषणा गर्दछु । यो ऐतिहासिक जीतको लागि नेपाली टीमलाई बधाई ।'
बुधवार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
नेपालले विपक्षी टीमलाई सबैभन्दा सानो स्कोरमा समेट्ने विश्व कीर्तिमानसँग बराबरी गरेको छ ।
नेपालले अमेरिकालाई १२ ओभरमा अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो । यो एक दिवसीय क्रिकेटमा सबैभन्दा कम रनमा समेटिएको अवस्था हो ।
यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई पनि ३५ रनमै समेटेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...