×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकमा रुघा–ज्वरोले गाउँ नै थला पर्दा चिन्ता कोरोनाको, बिरामी भन्छन्– देउता रिसाए !

माघ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बा गाउँमा झण्डै एक सातादेखि फैलिएको रुघाखोकी र ज्वरो नोवेल कोरोना हुनसक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

Muktinath Bank

यही माघ २४ गतेदेखि फैलिएको रुघाखोकी र ज्वरोका कारण हालसम्म १३६ जना प्रभावित भइसकेको जुगल गाउँपालिकाका स्वास्थ्य संयोजक अनिल साउदले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीहरू आजपनि सम्पर्कमा आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

चीनसँग जोडिएको वडा भएकाले पनि यस किसिमको चिन्ता व्याप्त भइरहेको हो । अर्कोतर्फ कोरोनाको लक्षण पनि रुघाखोकी र सामान्य भाइरलसँग मिल्दोजुल्दो हुन्छ ।

Vianet communication
Laxmi Bank

चीनमा कोरोना भाइरसबाट हजारौं प्रभावित भएका छन्, कम्तिमा ११ सय जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर विशेषज्ञ टोली खटाई सहयोग गरिदिन अपिल गरेको छ ।

उक्त पत्रमा २७ गतेदेखि बिरामीहरू देखा परेको उल्लेख भएपनि त्यहाँ पुगेका स्वास्थ्यकर्मीहरू २४ गतेबाटै बिरामीहरू देखा पर्न थालेको बताउँछन् ।

हेर्नुहोस्, पत्रः

बुधवार मध्याह्न १२ बजेसम्म उक्त गाउँमा विशेषज्ञ टोली पुगेको छैन ।

जुगल गाउँपालिकाका स्वास्थ्य संयोजक साउद, गुम्बा स्वास्थ्यचौकी प्रमुख परमानन्द जोशी तथा गुम्बा सामुदायिक स्वास्थ्य इकाइ प्रमुख हिक्मत बिसीले उपचार गरिरहेका छन् । साउद र जोशी एचए तथा बिसी अहेब हुन् ।

उनीहरूलाई सघाउन बलेफी गाउँपालिकाले पठाएका स्वास्थ्यकर्मी पनि गुम्बा गाउँमा पुगेका छन् ।

कस्तो छ अवस्था ?

गुम्बा गाउँमै पुगेर बिरामीहरूको उपचारमा संलग्न हेल्थ असिस्टेन्ट अनिल साउद कोरोना हो कि होइन भन्ने कुरा सरकारले विशेषज्ञ टोली पठाएर प्रमाणित गरिदिनुपर्ने बताउँछन् ।

‘विश्वभर कोरोनाको त्रास रहेकाले यो पनि कोरोना हो कि भन्ने लाग्नु स्वाभाविक हो,’ साउदले लोकान्तरसँग भने, ‘कोरोना हो कि होइन भनेर प्रमाणित गर्ने हामी होइन, हामीले यस विषयमा बोल्ने कुरा पनि भएन, सरकारले विशेषज्ञ टोली पठाएर प्रमाणित गरिदिए हुन्थ्यो ।’ 

साउदको भनाइको सम्पादित अंश :

मेरो नाम अनिल साउद हो । म जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकको रूपमा कार्यरत छु । पदचाहिँ एचए हो, हेल्थ असिस्टेन्ट ।

मसँगै यहाँ गुम्बा स्वास्थ्यचौकी प्रमुख परमानन्द जोशी तथा गुम्बा सामुदायिक स्वास्थ्य इकाइ प्रमुख हिक्मत बिसी पनि हुनुहुन्छ ।

छिमेकी बलेफी गाउँपालिकाबाट पठाइएका स्वास्थ्यकर्मी पनि आइपुग्नुभएको छ ।

यहाँ रुघाखोकी र ज्वरोका बिरामीहरू देखिन थालेका २४ गतेदेखि हो । हिजो बेलुकासम्मको रेकर्डअनुसार १३६ जना बिरामीको हामीले उपचार गरेका छौं ।

बिरामीहरू आज पनि आउनुभएको छ, पुरानै हो कि नयाँ थपिनुभयो भन्ने कुरा बेलुकासम्ममा थाहा हुन्छ । 

कोही निकै सिरियस भएर पनि आउनुभएको छ, बेहोशीको अवस्थामा ।

यहीँ सामान्य उपचारपछि केही निको पनि हुनुभएको छ । 

विश्वभर कोरोना भाइरसको त्रास रहेकाले यो पनि कोरोना नै हो कि भन्ने लाग्नु स्वाभाविक हो । 

कोरोना हो कि होइन भनेर प्रमाणित गर्ने हामी होइन, हामीले यस विषयमा बोल्ने कुरा पनि भएन । सरकारले विशेषज्ञ टोली पठाएर प्रमाणित गरिदिए हुन्थ्यो ।

मेरो अनुभवअनुसार चाहिँ कोरोना हो जस्तो लाग्दैन । तर, संवेदनशील विषय भएकाले हामीले यो हो, यो होइन भन्ने कुरा भएन ।

जे भएपनि छिट्टै प्रमाणित गरिदिए हुन्थ्यो ।

उपचारमा खटिँदा हामीले मेडिकल मास्क र ग्लोब्स लगाएका छौं ।

बिरामीहरूलाई पनि मास्क लगाउन दिएका छौं । मास्क लगाउने तरिका सिकाएका छौं । गाउँपालिकाले मास्क उपलब्ध गराएको छ ।

हाम्रो योग्यताले भ्याएसम्म, हामीसँग उपलब्ध भएसम्मका औषधि दिएर उपचार गरिरहेका छौं ।

यति बेलासम्म केन्द्रबाट चाहिँ कोही पनि आउनुभएको छैन । 

गाउँमा देउता रिसाएको चिन्ता !

गाउँपालिका समेतले कोरोनाको शंका गरिरहेका बेला स्थानीय भने देउता रिसाएको भन्दै चिन्तित छन् ।

स्थानीय नेसम खोला दोभाननजिक एउटा मन्दिर छ, स्थानीयले मम्थान भन्छन् ।

मान्छेले बनाएको मन्दिर होइन, प्राकृतिक थान । जहाँ पूजाआजा चल्छ ।

स्थानीयले त्यहाँ रातो लुगा लगाएको मान्छे जान हुँदैन, माछामासु खाएर जान हुँदैन, देउता रिसाउँछन् भन्ने गरेको जुगल गाउँपालिका ३ का वडा सदस्य हिमाल तामाङ बताउँछन् ।

‘मैले केही स्थानीयसँग कुरा गरेको थिएँ, उनीहरूले देउता रिसाएकाले यस्तो भयो भन्दै थिए,’ वडा सदस्य तामाङले लोकान्तरसँग भने, ‘हाइड्रोका लागि बाटो लैजान त्यहाँ ब्लास्ट गराएका रहेछन्, त्यसैले देउता रिसाउको बुझाइ उनीहरूको रहेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x