कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनबिकम थापा तथा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको उद्घाटन गरेका छन् ।
देशकै विकासोन्मुख शहरमध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापाले देशको आर्थिक विकास बैंकहरूको सहभागिता विना हुन नसकिने भएकाले सिभिल बैंकले जीतपुरमा शाखा विस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने कुरा बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकप्रति कृतज्ञता ज्ञापन गरे ।
सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउनेमा विश्वास व्यक्त गरे ।
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगिक नगरी वीरगञ्जसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसर रहेको र आफूले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधा प्रदान गर्ने बताए ।
कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तान्तरण गरे ।
शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्यप्रबन्धक राजनबिकम थापा, जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक रहेको ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीब ५० अर्ब कर्जा लगानी गरेको र बैंकको प्रदेश नम्बर २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कूल शाखा संख्या १०७ पुगेकोे पनि बैंकले जनाएको छ ।
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...