मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ ।
निर्वाचन आयोगले आर्थिक वर्ष २०७५/७६ गरेका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन बुधवार राष्ट्रपति भवन शीतल निवासमा ग्रहण गर्दै उहाँले निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सरिक गराउनेतर्पm विशेष ध्यान दिन तथा मतदानस्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री तुल्याउन सुझाउनुभयो ।
‘विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवतीका लागि मतदातामैत्री मतदानस्थल बनाउन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढ गर्न आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्दै उहाँले भौगोलिक विकटता रहे पनि कतिपय सम्पन्न एवं विकसित मुलुकको तुलनामा निर्वाचनमा नेपाली मतदाताको सहभागिता उल्लासपूर्ण रूपमा हुने गरेको सुखद् प्रसङ्ग स्मरण गर्नुभयो । ‘यद्दपि अझै बढी मतदाताको सहभागिता सुनिश्चित गर्न थप काम गर्नुपर्ने खाँचो छ,’ राष्ट्रपतिले थप्नुभयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तको रिक्तता, बेरुजुको फर्छ्योटको अवस्था, राजनीतिक दलको व्यवस्थापन, आयोगका जिल्लास्तरमा रहेका संगठन संरचना, संघीय संरचनानुसार प्रदेशस्तरमा निर्वाचन कार्यालयको आवश्यकता र निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालनबारे जानकारी दिनुभएको थियो ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष प्रस्तुत प्रतिवेदनमा आयोगको योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालीम, सूचना प्रविधि एवं प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालनलगायत विषय समेटिएका छन् ।
प्रस्तुत प्रतिवेदन संवैधानिक प्रक्रियाबमोजिम प्रधानमन्त्रीमार्पmत संघीय संसद्मा पेश गरिने छ । त्यस अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोग तथा राष्ट्रपति कार्यालयका सचिव र राष्ट्रपतिका सल्लाहकारको उपस्थिति थियो ।
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...