कमेडी च्याम्पियनका प्रतिस्पर्धीले हेरे 'लभ डायरीज्', हिमेश किन आएनन् ?

शुक्रवार अर्थात् भोलिदेखि रिलिज हुने 'लभ डायरीज' फिल्म निर्माण टीमले बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरेको थियो ।

फिल्म प्रिमियरमा भुवन केसी, झरना थापा, केकी अधिकारी तथा कमेडी च्याम्पियनका प्रतिस्पर्धीहरू आएका थिए । 


Advertisement

कमेडी च्याम्पियनले शीर्ष पाँच प्रतिस्पर्धी पाइसकेको छ । तर हिजोको प्रिमियरमा चार जना मात्रै उपस्थित थिए । 

खड्गबहादुर पुन मगर, सुमन कोइराला, सुमन कार्की र विष्णुप्रसाद गौडेल 'मेक्सम' फिल्म हेर्न आएका थिए । तर लोजिकल कमेडीको रूपमा चिनिएका हिमेश मन्त भने उपस्थित थिएनन् । 


Advertisement

हिमेश किन आएनन् भनेर कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई सोध्दा उनले 'हिमेश बिरामी भएर नआएको हो' भने । 

हिमेश केही साताअघि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूले सोचेजस्तो कमेडी गर्न नसकेको पनि सामाजिक सञ्जालमा लेखेका थिए । 

प्रदर्शनको तनाव लिएर फिल्म हेर्न नआएका हुन् या बिरामी भएर ? यसको उत्तर हिमेशसँग नै होला । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्