किस डे : यी हुन् चुम्बनका फाइदा

सन्दर्भ तस्वीर

आज फेब्रुअरी १३ अर्थात् भ्यालेन्टाइन सप्ताह अन्तर्गतको किस डे । यो दिनलाई सबैभन्दा रोमान्टिक दिनको रूपमा लिने गरिन्छ । आजको दिन मायालु जोडीहरूका लागि खास दिन पनि हो ।

यो दिन माया गर्ने प्रेमी तथा प्रेमिकाका लागि विशेष दिननै हो । आजको दिन प्रेमी-प्रेमिकाले एकअर्काबीच चुम्बन गर्दै माया देखाउँछन् ।


Advertisement

आफ्नो प्रेमीलाई चुम्बन गर्दा प्रेम बढ्छ भन्ने त सबैलाई थाहा छ । तर चुम्बन गर्दा स्वास्थ्यलाई पनि फाइदा हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

जानौं न त के हुन् चुम्बनका फाइदा ।


Advertisement

चुम्बन गर्दा मुटु स्वस्थ रहन्छ । कसैलाई चुम्बन गर्दा हामीभित्र भएको एड्रनलिन नामक हर्मोन निस्कन्छ जसले रगतको प्रवाह बढाउँछ । यसले मुटुलाई राम्रो व्यायाम दिलाउँछ ।

चुम्बन गर्दा खुशी दिलाउने अन्य हर्मोन पनि सक्रिय हुन्छन् । पीडा कम गर्न त्यसैले चुम्बन प्रभावकारी हुन्छ । हल्का टाउको दुखिरहेको छ भने प्रेमी वा प्रेमिकालाई किस गरिदिनुस् ।

तपाईं चिन्तित हुनुहुन्छ अनि त्यतिबेलै तपाईंले प्रेमी/प्रेमिकालाई चुम्बन गरिदिनुस् । यसो गर्दा तपाईंलाई राहत र खुशी अनुभव हुन्छ । तपाईं तनावमा हुनुहुन्छ भने निधारमा चुम्बन गरिदिनुस । यसले तपाईंलाई एकदम हल्का महसूस गराउँछ । 

एजेन्सीको सहयोगमा

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्