×

NMB BANK
NIC ASIA

अन्योलमा स्ववियु निर्वाचन : नहुने नै हो फागुन १४ मा निर्वाचन ?

फागुन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

विद्यार्थी संगठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी संगठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

त्रिविमा विसं २०६५ यता  क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको  छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।
 
उनका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो । 

Vianet communication
Laxmi Bank

'यदि विद्यार्थी संगठन सहमति गरेर आउँछन् भने अहिले पनि निर्वाचन गर्न सकिन्छ', थापाले भने, ‘‘तर नेविसंघले नयाँ शिक्षाध्यक्ष नियुक्त नहुँदासम्म निर्वाचन प्रक्रियामा नै भाग नलिने भनेपछि निर्वाचन तोकिएको समयमा असम्भव भएको हो ।' विद्यार्थी संगठनको सहमतिमा करीब एक महिना निर्वाचन सार्ने त्रिविको तयारी छ । त्रिविमा अहिले शिक्षाध्यक्ष रिक्त रहेकाले कायममुकाय शिक्षाध्यक्ष शिवलाल भुसाल रहनुभएको छ । 

थापाले विद्यार्थी संगठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताए । त्रिविले ६२ आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो ।

पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो ।

नेविसंघका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताए । उनले आफ्नो संगठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताए ।

'निर्वाचन गर्ने निर्वाचन समितिका संयोजकको पद रिक्त छ', उनले भने, 'निर्वाचन समितिका संयोजकबिनाको स्ववियु निर्वाचन हुन सक्दैन, संयोजक नियुक्त गरेर त्रिविले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।'

अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसंघले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसंघसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताए ।

त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए । त्रिविले विसं २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ । शरद शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x