लागुऔषधसहित पाँच जना पक्राउ

भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए।
 
लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ का वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे का राधे मग्राती र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ का सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।


Advertisement

त्यसैगरी प्रहरीले लागुऔषधसहित डाइजोपाम ३७ थान र फेनेरागन ३० थानसहित सूनपा–१ सिरुटारमा घर निर्माणको काम गर्दै आएका २ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले मोरङको कञ्चनबारी गाउँपालिका–९ घर भई हाल काठमाडौँ थानकोट मनोज अधिकारी र भारतको मोतिहारी जिल्ला घर भई हाल सिरुटार मनेजर शर्मालाई पक्राउ गरेको गिरीले बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्