लागूऔषधसहित ४ जना पक्राउ

सर्लाहीको ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागूऔषध नाइट्रोभ्याट १० लेखिएको ३००  ट्याब्लेट, स्पास्मो  १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ ५ हजार १०० मिलिलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।


Advertisement

बुधवार दिउँसो गस्ती गर्ने क्रममा सो परिमाणको अवैध लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार सो परिमाणको लागूऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षका खगेन्द्र महतो, बर्दिबास–३ का २० वर्षका सुजित मगर, बर्दिबास–१ का २२ वर्षका सरोज बलम्पाकी मगर र बर्दिबास–१४ का ३१ वर्षका दिलबहादुर मगर रहेको उनले बताए । पक्राउ परेका युवाले प्रयोग गरेको बा३९प ६०३ र ज८प ५४२१ नम्बरका २ मोटरसाइकलसहित ६ थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।


Advertisement

पक्राउ परेका चारै जनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको शुक्रवार पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गुरुङले बताए ।

कमेन्ट गर्नुहोस्