×

NMB BANK
NIC ASIA

घुस लिएको अभियोगमा सडकका इन्जिनीयरविरुद्ध मुद्दा दायर

फागुन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न आयोजनाको ‘मोबिलाइजेसन’ खर्च दिने क्रममा सेवाग्राहीसँग ठूलो मात्रामा कमिसन लिएको आरोपमा सडक डिभिजन कार्यालय विराटनगरका सिनियिर डिभिजनल इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

Muktinath Bank

निज चौधरीले सो कार्यालयमा प्रमुखको भूमिकामा रहँदा स्वीकृत आयोजनाको मोविलाइजेशन खर्च भुक्तानीको लागि कमिसनबापत ३५ लाख रुपैयाँ गैरकानूनी रुपमा लिएको आयोगले आरोप लगाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजले कमिसनबापत लिएको रकम पत्नीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यसैगरी आयोगले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनी, कीर्ते कागजपत्र बनाइ रकम हिनामिना गरेको आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कैलाश थापालगायत ६ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । 

Vianet communication
Laxmi Bank

वडाध्यक्ष थापाले मायाखोला खानेपानी मुहानलाई पैसा र पाइप खरिद गरेको खर्च देखाई ६ लाख रुपैयाँ हिनामिना गरेको आयोगले आरोप लगाएको छ । सोही घटनामा संलग्न उक्त गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर लिलबहादुर पाण्डे, सोही गाउँपालिकाको वडा नं ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x