×

NMB BANK
NIC ASIA

फागुन १ गतेदेखि आमरण अनसनमा बसेका थरुहट थारुवान मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य अवस्था बिग्रेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त पौडेल नेतृत्वको विशेषज्ञ टोलीले शनिबार विहान नेता थारुको स्वास्थ्य परिक्षणको क्रममा स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाक्टर पौडेलका अनुसार सो टोलीले शुक्रबारदेखि नेता थारुको स्वास्थ्य परिक्षण गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

‘शुक्रबारको तुलनामा शनिबार उहाँको शरीरमा सुख्खापन देखिएको छ । जसलाई साइन्स अफ डिहाइड्रेसन भन्छौ । मुटुको धडकनमा पनि अलिकति चढाव आएको छ । हिजोको तुलनामा ११०, ११२ देखिएको छ । यसरी खाना नखाई बस्दा शरीरको बाह्य तथा आन्तरिक रुपमा असर गर्ने गर्दछ’, डाक्टर पौडेलले भने,‘हाम्रो टोलीले उहाँलाई अस्पताल भर्नाको लागि सल्लाह दिएको छ । किनकी, अहिले हाम्रो टोलीले उहाँको बाह्य जाँच मात्रै गरेको छ । उहाँको धातुको मात्रा, चिनीको मात्रा, किड्नीको अवस्थालगायत सुक्ष्म जाँच रगत जाँचबाट गर्नुपर्दछ । त्यहि भएर उहाँको सुरक्षा र स्वास्थ्य अवस्था सामान्य बनाउन अस्पताल भर्ना हुन सल्लाह दिएका छौ ।’

Vianet communication
Laxmi Bank

मोर्चाका संयोजक थारुलाई शुक्रबारदेखि टाउको दुख्नेलगायत समस्या देखिएको बताइएको छ । तर संयोजक थारुले अस्पताल भर्ना हुन इन्कार गरेका छन् ।

संयोजक थारुले फागुन १ गतेदेखि विभिन्न १४ बुँदे माग राख्दै धनगढीस्थित गुरही चौक (क्याम्पस चौक)मा आमरण अनसनमा बसेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाइ रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग राख्दै आमरण अनसनमा बसेका छन् भने मोर्चाले धनगढीमा शुक्रबारदेखि प्रदर्शन गर्दै आएको छ ।

यसैबीच थरुहट मोर्चाले विहान आयोजित पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले न्यायिक आन्दोलनप्रति नजरअन्दाज गरेको बताउँदै उहाँसम्म कुनै सुनुवाई नभएको बताए ।

न्याय, समानता र अधिकारको प्रत्याभुतीबाट मात्रै शान्ति समृद्धि हासिल गर्न सकिनेमा जोड दिदै उपाध्यक्ष छन्त्यलाले न्यायिक आन्दोलनलाई सम्बोधन गर्नुको विकल्प नभएको ठोकुवा गरे । जसको लागि महासंघले देशव्यापी रुपमा आन्दोलनको थालनी समेत गरेको उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x