कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
शहीद स्मारक ‘ए’ डिभिजन लीगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्दै छन् ।
उपाधिका लागि दुवै टोलीबीच अहिले दशरथ रंगशालामा खेल हुँदैछ । दुवै टोली पहिलोपटक उपाधि जित्ने होडमा छन् ।
आर्मी लीग तालिकाको शीर्षस्थानमा छ । मच्छिन्द्र दोस्रो स्थानमा छ । आर्मीले १२ खेलमध्ये ९ खेलमा जीत, २ खेलमा हार तथा १ खेलमा बराबरी खेल्दै २९ अंक जोडेको छ ।
मच्छिन्द्रले हालसम्म खेलेका १२ खेलमध्ये ९ खेलमा जीत, २ खेलमा हार तथा १ खेलमा बराबरीका साथ २८ अंक जोडेको छ । अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेका कारण मच्छिन्द्रको १ अंक घटाइएको हो ।
आर्मीलाई उपाधि जित्न शनिवार मच्छिन्द्रसित बराबरी खेले पुग्छ भने मच्छिन्द्रलाई उपाधि चुम्न शनिवारको खेल अनिवार्य जित्नुपर्ने अवस्था छ । मच्छिन्द्र उपाधि होडमा पहिलोपटक सामेल भएको हो ।
आर्मीले विक्रम संवत् २०६३ सालको लीगमा नेपाल पुलिस क्लबसित पराजित भई उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।
आर्मीका प्रशिक्षक नवीन न्यौपाने र यता मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि आ–आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । उपाधिका लागि मच्छिन्द्रभन्दा आर्मी सहज अवस्थामा छ । मच्छिन्द्र भने दबाबमा खेल्नेछ ।
आर्मीका कप्तान भरत खवास र मच्छिन्द्रका कप्तान विराज महर्जनले पनि प्रशिक्षकले जस्तै उपाधिमाथि आफ्नो टोलीको कब्जा रहने दाबी गरेका छन् । शहीद स्मारक लीग गत मंसिर २७ गतेदेखि शुरू भएको हो ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...