शेयर बजारमा हप्ताभर झण्डै ६ अर्बको कारोबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो ।

बजारमा कारोबार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोबार भयो । 


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १ करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर ५ अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए । 

साताको पहिलो दिन आइतवार नेप्से परिसूचक दोहोरो अंकले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अंकले  घटेर १ हजार ३१९.९९ मा झर्‍यो । नेप्से ओरोलो लाग्दा कारोबार रकममा गिरावट आएको छ ।


Advertisement

कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर ९५ करोड ४ लाख २ हजार ५८४ रुपैयाँमा खरीद बिक्री भए ।

सोमवार नेप्से ४.२८ अंकले बढेर १ हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने ९३ करोड रुपैयाँमै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर ९३ करोड ३२ लाख ८६ हजार ५५ रुपैयाँमा खरिदबिक्री भए । 

मंगलवार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो । त्यस दिन नेप्से १७.११ विन्दुले बढेर शनिवार १ हजार ३४१.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोबार रकममा पर्‍यो ।

कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

बुधवार नेप्से ४.६०ले वृद्धि भई १ हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर १ अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए । 

साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अंकले घटेर १ हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ रुपैयाँमा खरिदबिक्री भए । 

यस साता शेयर बजारमा विभिन्न ४ कम्पनीका कूल २ करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभू बैंकको १ करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख १ हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल २ लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ । 

कमेन्ट गर्नुहोस्