पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कर्णाली प्रदेश सरकार गठन भएको शनिवार २ वर्ष पूरा भएको छ ।
तत्कालीन प्रदेश प्रमुख दूर्गाकेशर खनालले फागुन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । फागुन ६ गते मन्त्रिपरिषद्लाई पूर्णता प्रदान गरिएको थियो ।
कर्णाली प्रदेश सरकारले शनिवार दोस्रो वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । प्रदेश सरकार २ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संक्षिप्त प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा विगत १ वर्षमा प्रदेश सरकारले २ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ । साढे ४२ किलोमिटर सडक ग्राभेल गरिएको र ७२ किलोमिटर कच्ची सडक निर्माण गरिएको उल्लेख छ ।
दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकार नयाँ संरचना भएको बताउँदै जग बसाल्न सफल भएको बताए । ‘सरकारले विभिन्न योजना बनाउने, बजेट कार्यान्वयन गर्ने, कर्मचारी भर्ना गरेर भएपनि समृद्ध कर्णाली बनाउने र सुशासन कायम गर्ने महत्त्वपूर्ण अभियानको शुरूवात गरेको मैले पाएको छु,’ प्रदेश प्रमुख कलौनीले भने, ‘नयाँ संरचना भएका कारण कार्य सम्पादनमा ढिलाइ हुनु स्वाभाविक थियो । अहिले सरकार गतिमा अघि बढिरहेको मैले पाएको छु ।’
कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारले धेरै ऐन, नियम कानून, विनियम र कार्यविधि बनाई आफ्नो मूल दायित्व पूरा गरेको बताए । ‘नयाँ संरचना भएका कारण विगतमा थुप्रै चुनौती थिए । अब जनताका अपेक्षा पूरा गर्ने विन्दुमा प्रदेश सरकार आइसकेको मैले महसूस गरेको छु,’ उनले भने ।
प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकार सरकार जस्तो नबनेको आरोप लगाए । ‘वडा अध्यक्षलाई जस्तै मुख्यमन्त्रीलाई मन्त्रीले नटेर्ने वा मन्त्रीका सुझाव मुख्यमन्त्रीले स्वीकार नगर्ने जस्तो हामीले देखेका छौं,’ उनले भने, ‘तपाईंहरू राम्रो काम गर्नुस्, प्रतिपक्ष साथ दिन तयार छ ।’
कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री शाहीले विगतमा विभिन्न बाधा भएपनि अब भने विकासको गतिलाई तीव्र पार्ने बताए । कानून बनाउने प्रक्रियामा तीव्रता दिइएको, विभिन्न आयोजनाको टेन्डर आह्वानपछि काम शुरू भएको, प्रदेश गौरवका आयोजनाको डीपीआर बनाइरहेको बताउँदै उनले जनताले अपेक्षा गरेअनुसारका काम गर्न सरकार लागिपरेको बताए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...