×

NMB BANK
NIC ASIA

सिस्नुले दिलायो प्रदेश रत्न : सडक व्यापारमा चित्रकली

फागुन ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गर्‍यो। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जाै टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन्।

Muktinath Bank

अल्लो सिस्नु प्रजातिको वनस्पति हो। जसबाट धागो बनाइन्छ। धागोबाट विभिन्न कपडा। चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन्। उनी अल्लोबाटै परिचित छिन्। ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जाे टर्छ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन्। व्यापारमा उनका पतिले सघाइरहेका थिए। उनका उत्पादन किन्नेको चहलपहल थियो। चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन्। अहिले उनी वार्षिक करिब ५० लाख कारोबार गर्छिन्।


Advertisment
Nabil box
Kumari

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन्। काम गर्दै गएपछि सामानको माग बढ्दै गयो। अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन्। ‘अल्लो त महत्त्वपूर्ण रहेछ। सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन्।

Vianet communication
Laxmi Bank

अहिले अल्लोका पोसाकको माग बढेको छ। चित्रकली अल्लो चिनाउन मेला– महोत्सवसमेत धाइन्। उनी अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्स बनाउँछिन्। चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा डेढ दर्जनले रोजगारी पाएका छन्। प्युठान मात्रै होइन, छिमेकी रोल्पा, रुकुम, बागलुङका महिलालाई समेत उनले अल्लोको सामान उत्पादनमा संलग्न गराइन्। तालिम दिइन्।

अल्लोका उत्पादन स्वदेशमा मात्रै सीमित छैनन्। चित्रकली निर्यात प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछिन्। उनका अनुसार नेपालमा उत्पादित अल्लोका उत्पादन साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुर निर्यात हुन्छन्।

‘प्रदेशलाई समृद्ध बनाउने नारामा अल्लोको पनि योगदान हुन्छ’, उनले भनिन्। अल्लो कपडा उद्योग महासंघको नेतृत्वमा पुगेकी चित्रकली सरकारले सहुलियत कर्जा र बजारीकरणमा सहयोग गरे उत्पादन बढाउन सकिने बताउँछिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x