×

NMB BANK
NIC ASIA

कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

फागुन ४, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकम (kpsharmaoli.com)मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीव्र बनाएको छ।

Muktinath Bank

सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ। सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ। यो मात्र समाधान भने होइन। यो डोमेन प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ। नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञको सुझाव छ।


Advertisment
Nabil box
Kumari

के गर्दै छ प्रधानमन्त्रीको सचिवालय ?

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन्। ‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ। यस विषयमा प्रहरीसँग समन्वय गरेका छौं’, उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौं तर डटकम भएकाले सम्भव छैन।’

उनका अनुसार यो वेबसाइट नेपालमा बन्द गर्ने तयारी छ। ‘इन्टरनेट कम्पनीसँग सहकार्य गरी नेपालभित्र बन्द गर्ने प्रक्रिया सुरु भइसकेको छ’, उनी भन्छन्। नेपालको निजी क्षेत्रको इन्टरनेटप्रदायक कम्पनी वल्र्ड लिंकले यो साइट बन्द गरेको छ। तर अन्य इन्टरनेटप्रदायक कम्पनीबाट अहिलेपनि खुलिरहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७५ असोज ६ गते यौनजन्य सामग्री आदानप्रदान, प्रकाशन तथा प्रसारणमा रोक लगाएको थियो। उक्त निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता वेबसाइटलाई तुरुन्त बन्द गर्न निर्देशन दिएको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ ले यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ।

डोमेन फिर्ता लिन सकिँदैन ?

यो डोमेन साधारण व्यक्तिको नभएर प्रधानमन्त्री केपी ओलीका नाममा छ। यो वेबसाइटमा पोर्न भिडियो अपलोड हुँदा प्रधानमन्त्रीसँगै देशकै बदनाम भइरहेको छ। ‘नेपालभित्र इन्टरनेटप्रदायक कम्पनीसँग समन्वय गरी बन्द गर्न सकिन्छ’, आईटी कम्पनी सञ्चालक टुरुप संग्रौला भन्छन्, ‘यो वेबसाइटका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै हाम्रा प्रधानमन्त्रीको बदनाम भइरहेको छ। छेङदु वेस्ट डाइमेन्सन डिजिटल टेक्नोलोजी कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनीसँग समन्वय गरेर यसको डोमेन फिर्ता लियो भने दीर्घकालीन समस्या समाधान हुन्छ।’

प्रधानमन्त्रीका सल्लाहकार अली यो डोमेन कहाँबाट सञ्चालन भएको हो भन्ने आधिकारिकता नभएको बताउँछन्। ‘वेबसाइटमा चिनियाँ कम्पनीको नाम उल्लेख भए पनि यो कम्पनीको आधिकारिकता चिनियाँ पक्षसँग छैन’, उनी भन्छन्, ‘कम्पनीसँग समन्वय गर्न कठिनाइ भएको छ।’

कसरी भयो प्रधानमन्त्रीको नाम दुरुपयोग ?

केपीशर्माओली डटकम डोमेन सन् २०१३ सेप्टेम्बर ३१ मा रजिस्टर भएको थियो। राजनकुमार न्यौपानेले छेनाटेक नेपाल प्रालिका नामबाट यो डोमेन दर्ता गरे। उनले २०१३ देखि २१ जुन २०१७ सम्म नवीकरण गरे। उनले चार वर्षसम्म ओलीको व्यक्तिगत वेबसाइटकै रूपमा चलाए।

ओली २० फेब्रुअरी २०१८ (२०७४ फागुन ३ गते) दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि यो डोमेन नवीकरण भएन। प्रधानमन्त्रीको सचिवालयले नयाँ डोमेन केपीशर्माओली डटकम डटएनपी दर्ता गरी सञ्चालनमा ल्यायो। त्यही वेबसाइट अपडेट छ।

प्रधानमन्त्रीकै नाम दुरुपयोग भएर दर्ता भएको अर्को वेबसाइटको डोमेन १२ मार्च २०१८ पछि गलत ढंगले प्रयोग भएको पाइएको छ। ओलीका नामको डोमेनमा सन् २०१८ पछि विभिन्न पोर्न भिडियो अपलोड भएका छन्। शीर्ष नेताको व्यक्तिगत डोमेन दुरुपयोग भएको यो नै पहिलो घटना भने होइन। यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका डोमेन दुरुपयोग भएका थिए। डोमेन दर्ता गरेर लामो समय अपडेट नगर्दा यस्तो समस्या देखिने गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x