विमानस्थलमा प्रचण्ड–बाबुरामको जम्काभेट

भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउने उडानहरू प्रभावित भएका छन् ।

विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले काठमाडौंको भिजिबिलिटी कम भएका कारण बाहिरबाट आउने उडान प्रभावित भएको लोकान्तरलाई जानकारी दिए ।


Advertisement

मौसममा आएको खराबीका कारण बिहानैदेखि ‘भीआईपी’ उडानसमेत प्रभावित बने । जसको  प्रभाव विभिन्न राजनैतिक दलका शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्रीहरूलाई समेत पर्न गयो । 

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई बिहान सात बजेको उडानका लागि त्रिभुवन विमानस्थल पुगे । तर उडान लामो समयसम्म भएन ।


Advertisement

त्यतिकैमा नेपालगञ्जको एक कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' त्रिभुवन विमानस्थलमा पुगे । उनी पनि ‘डिले’मा परे । जसको परिणामस्वरुप निकै लामो समयसम्म भेटघाट नभएका डा भट्टराई र अध्यक्ष प्रचण्डबीच अकस्मात भेट हुन पुग्यो । 

विमानस्थलमा प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, सांसद कोमल ओलीलगायतको भेट भएको हो । 

बिहान ७ बजेको उडान रहेपनि उडानमा ढिलाइ भएको थियो । डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन ! एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहीं सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने ! नकारभित्र सकार भनेको शायद यही हो ! अथवा चित्त बुझाउने मेसो !

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्