×

NMB BANK
NIC ASIA

नरेन्द्र मोदीमाथि शिवसेनाको प्रहार : ‘बाफरे ! पूरै दिल्ली देशद्रोही’

फागुन ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन तोडेर महाराष्ट्रमा छुट्टै प्रदेश सरकार गठन गरेको शिवसेनाले भाजपामाथि प्रहार गर्न थालेको छ ।

Muktinath Bank

शिवसेनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य प्रहार गर्दै पूरै दिल्ली प्रदेश ‘देशद्रोही’ रहेको प्रश्न गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपाले दिल्ली चुनाव प्रचारका क्रममा मुख्यमन्त्री अरबिन्द केजरीवाल देशद्रोही रहेको र उनलाई भोट नदिन आह्वान गरेको थियो । तर चुनावमा केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले ६२ सिट जितेको छ भने भाजपा ८ सिटमा सीमित भएको छ ।


Advertisment
Nabil box
Kumari

दिल्ली चुनावलाई विश्लेषण गर्दै शिवसेनाको मुखपत्र सामनाले सम्पादकीयमा लेखेको छ, ‘बीजेपीका केही नेताले चुनाव प्रचारका क्रममा भनेका थिए, जो बीजेपीलाई भोट दिँदैनन्, उनी देशद्रोही हुन् । दिल्ली देशको राजधानी हो र दिल्लीले बीजेपी विरोधी मतदान गर्‍यो । अब बीजेपीले पूरै दिल्लीलाई देशद्रोही ठहराउँछ ? केजरीवालको जीतमा हजारौं जनता सडकमा आए । उनीहरू बन्दे मातरम र भारत माताकी जय भनेर नारा लगाउँदैथिए । यो देशभक्तिपूर्ण जीत बीजेपीलाई किन स्वीकार छैन ?’

Vianet communication
Laxmi Bank

दिल्लीसहित हालसालै भएका विधानसभा निर्वाचनबाट भाजपा अपराजित होइन भन्ने साबित भएको शिवसेनाले जनाएको छ । सम्पादकीयमा नरेन्द्र मोदी र अमित शाहमाथि बढी प्रहार गरिएको छ । ‘केबल दुई नेताको तागतले बीजेपी जित्न सक्दैन,’ सम्पादकीयमा लेखिएको छ, ‘अब बीजेपी यो दन्त्यकथाबाट बाहिर निस्किनुपर्‍यो ।’

दिल्लीमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका छन् भने भाजपा दशकौंदेखि दिल्लीको सत्ताबाट बाहिर रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x