राष्ट्रपति भण्डारीलाई भेटे बेलायती सेनाध्यक्षले

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेलायतीा सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले शिष्टचार भेटवार्ता गरेका छन्।

नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार काठमाडौँ पुगेका सेनाध्यक्ष स्मिथले आइतबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेका छन्।


Advertisement

सेनाध्यक्ष स्मिथले आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरे। उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गरेका छन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्