×

NMB BANK
NIC ASIA

कालापानी जाने भनिएपनि वरैबाट फर्किए रक्षामन्त्री पोखरेल

फागुन ५, २०७६

NTC
Sarbottam
गोलो घेरामा उपप्रम पोखरेलसहितको टोली, पृष्ठभूमिमा छाङ्गरू र गर्ब्याङ जोड्ने सीतापुल
Premier Steels
Marvel

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको निरीक्षण गर्ने भनिएपनि उनीसहितको टोली कालापानीको आकाशमा समेत प्रवेश नगरी फर्किएको छ ।

Muktinath Bank

उपप्रम पोखरेल, दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा छाङ्गरूको आकाशसम्म पुगेर फर्किएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय एक जनप्रतिनिधिका अनुसार छाङ्गरू र कालापानीको दूरी करीब १७ किलोमिटर छ ।


Advertisment
Nabil box
Kumari

दार्चुला महोत्सव उद्घाटन गर्न आइतवार सदरमुकाम खलंगा पुगेका पोखरेल सोमवार बिहानै नेपाली सेनाको हेलिकप्टरमा भारतसँगको उत्तरपश्चिमी सीमातर्फ लागेका थिए ।

Vianet communication
Laxmi Bank

रक्षामन्त्री सहितको टोलीलाई बोकेको हेलिकप्टर छाङ्गरूमा समेत अवतरण गर्न सकेन ।

‘बाक्लो हिउँका कारण हेलिकप्टर अवतरण गर्न नसकेपछि हवाई निरीक्षण गरेर फर्कियौं,’ पोखरेलसँगै निरीक्षणमा गएका सुदूरपश्चिम प्रदेश सभाका सांसद गेल्बुसिंह बोहराले लोकान्तरसँग भने, ‘हामी छाङ्गरू गाउँमा अवतरण गर्न खोजेका थियौं, सम्भव भएन ।’

करीब १० मिनेट त्यस क्षेत्रको हवाई निरीक्षण गरेको उनले जानकारी दिए ।

हवाई निरीक्षण गरेर फर्केका उपप्रम पोखरेलले कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको (बीओपी) राख्ने कामलाई तीव्रता दिने बताएको सा‌ंसद बोहराको भनाइ छ । 

‘तिंकर नाका जोड्ने सडक जतिसक्दो छिटो बनाउन निर्माणको जिम्मा सेनालाई दिने आश्वासन पनि दिनुभएको छ,’ सांसद बोहराले लोकान्तरसँग भने । 

टोलीमा पोखरेल, ठगुन्ना र बोहराका अलावा प्रदेश उपसभामुख निर्मला बडाल जोशी तथा प्रदेश सांसद मानबहादुर धामी पनि सहभागी थिए ।

नेपाली भू–भाग कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतलाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि यो विवाद सतहमा आएको छ ।

यसबीचमा संसद्को राज्य व्यवस्था समितिले लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

तर, सरकारले स‌ंसदीय समितिको निर्देशनबमोजिम नक्सा जारी गरेको छैन ।

शनिवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधामनन्त्री केपी शर्मा ओलीले नक्सा छाप्ने काम मात्र नभई नेपाली भूमि नै फिर्ता ल्याउने बताएका थिए ।

कालापानी क्षेत्रमा लामो समयदेखि भारतीय सेना बस्दै आएको छ । नेपालीले आफ्नै भू–भाग कालापानीमा पाइला टेक्न समेत पाउँदैनन् । 

पढ्नुहोस्, यो पनि :
कालापानी नजिकबाट जनप्रतिनिधिको दु:खेसो : सीमा स्तम्भ गायब, नेपाली भूमिमै पुग्न भारतीय पास !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x