महरालाई स्वागत गर्न डिल्लीबजार कारागारबाहिर शुभचिन्तकको भीड [फोटोफिचर]

रोजन श्रेष्ठ
रोजन श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा जेलमुक्त हुँदैछन् ।

उनलाई बबरमहलस्थित अदालतबाट सिधै डिल्लीबजार कारागार लगिएको छ, जहाँ उनी गत कात्तिकदेखि थुनामा छन् ।


Advertisement

महराले सफाइ पाएपछि उनलाई स्वागत गर्न डिल्लीबजार कारागारबाहिर नेकपा कार्यकर्तासहित शुभचिन्तकको भीड लागेको छ ।

महरा आजै रिहा हुने आशामा फूलको माला तथा खादा लिएर कार्यकर्ता तथा शुभचिन्तकहरू कारागारबाहिर भेला भएका छन् ।


Advertisement

अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भएपछि रिहा गरिने कारागार प्रशासनले जनाएको छ ।

सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महरा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिएका थिए ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।

महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।

हेर्नुहोस्, तस्वीरहरू :

रोजन श्रेष्ठ
रोजन श्रेष्ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्