महरालाई प्रचण्डको फोन - बधाइ छ कमरेड !

बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फोनमार्फत बधाइ दिएका छन् ।

सोमवार अदालत परिसरबाट बाहिर निस्कँदै गर्दा प्रचण्डले फोन गरेर बधाइ दिएका हुन् ।


Advertisement

'बधाइ छ कमरेड !' प्रचण्डले फोनमार्फत महरालाई बधाइ दिँदा महरा मुस्कुराएर धन्यवाद भनेका थिए ।

महरासँग सँगै रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले अदालत परिसरबाट बाहिर निस्किँदा शीर्ष नेताहरूसँग कुराकानी भएको पुष्टि गरे ।


Advertisement

'परिवारका सदस्य, पार्टीको शीर्ष नेतृत्व लगायतबाट उहाँलाई बधाइ आइरहेको छ,' शर्माले लोकान्तरसँग भने ।

महरालाई यौन दुर्व्यवहारको आरोपमा गत असोज १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्