×

NMB BANK
NIC ASIA

चितवनमा नेकपाका विद्यार्थीबीच कुटाकुटको कारण - फेसबुक पोस्ट !

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि क्याम्पस चितवनमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्व एमाले र पूर्व माओवादीनिकट विद्यार्थी समूहबीच कुटाकुट भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जनयुद्ध दिवसका बारेमा लेखिएको फेसबूक पोस्टमा गरिएको कमेन्टलाई लिएर दुवैतर्फका विद्यार्थीबीच कुटाकुट भएको नेकपा चितवनका नेता आरसी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'भुवन भट्ट भन्ने विद्यार्थीले जनयुद्ध दिवससम्बन्धी फेसबूक पोस्ट गरेका रहेछन्,' अधिकारीले भने, 'त्यसमा पूर्वएमाले पक्षका विद्यार्थीहरूले नकारात्मक कमेन्ट गरे । कमेन्टमा कुरा हुँदाहुँदै विवादले उग्र रूप लिएको देखिन्छ ।'


Advertisment
Nabil box
Kumari

दुवै विद्यार्थी समूहबीच यसअघि फागुन २ गतेपनि दुई–पटक कुटाकुट भएको थियो । त्यतिबेला पहिला पूर्वमाओवादीनिकट विद्यार्थीहरूले आक्रमण गरेर सागर काफ्ले, विक्रम केसीलगायतलाई घाइते बनाइदिएका थिए ।

Vianet communication
Laxmi Bank

सोही दिन पूर्वएमाले निकट विद्यार्थीहरूले अर्को समूहलाई आक्रमण गरे र केही विद्यार्थीलाई घाइते बनाए । 

त्यति हुँदा पनि यो विषय बाहिर नल्याउन दुवै पक्ष सहमत भए, तर सोमवार दुवै पक्षबीच ठूलै झडप भयो ।

यसक्रममा अनेरास्ववियु चितवनका अध्यक्ष देव पाठकमाथि रड प्रहार भएको छ । पाठकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा ६ वटा टाँका लगाइएको छ । 

लगातारको झडपले विद्यार्थी त्रासमा रहेकाले परीक्षा रोक्न निवेदन लिएर पाठक कृषि क्याम्पस पुगेका थिए । त्यसैक्रममा उनीमाथि आक्रमण भएको हो ।

तत्कालीन दुवै पार्टीका भातृसंगठनबीच अन्त एकता भएपनि रामपुरको कृषि विश्वविद्यालयमा भने एकता हुन सकेको छैन । 

सोमवारको झडपपछि चितवन पार्टी कार्यालय पनि तोडफोड गरिएको छ । नेता अधिकारीले कुन पक्षले तोडफोड गरेको हो भन्ने नखुलेको दाबी गरे ।

क्याम्पसमा कुटाकुट गरेपछि पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष तोडफोड गर्न एक हुल विद्यार्थी पुगेका थिए ।

'त्यता झडप भएपछि अराजक झुण्ड आएर पार्टी कार्यालय तोडफोड गरेको छ,' अधिकारीले भने ।

यता अनेरास्ववियुकी केन्द्रीय सदस्य निशा अधिकारीले क्याम्पसभित्र खुँडा र रड बोकेर हिँड्नेहरू अनेरास्ववियु हुन नसक्ने टिप्पणी गरिन् ।

लोकान्तरसँग कुरा गर्दै उनले भनिन्, 'क्याम्पसभित्र खुँडा र रड बोकेर पस्ने अनेरास्ववियु हुन सक्दैन, चाहे पूर्व क्रान्तिकारी हुन्, चाहे पूर्व अखिल, घटनामा मुछिएकालाई कारवाही हुन्छ ।'

घटनाबारे संगठनको केन्द्रीय नेतृत्व र पार्टीलाई जानकारी गराइसकेको उनले बताइन् । 

'घटनापछि यसबारे संगठनमा आफूभन्दा माथिको नेतृत्वलाई जानकारी गराइसकेको छु,' अधिकारीले भनिन्, 'माथिबाट कुनै निर्देशन आइसकेको छैन, हमी छलफलको पहिलो चरणमा नै छौं ।'

संगठनका इमान्दार कार्यकर्ताले यस्तो गर्न नसक्ने भन्दै उनले यो विभिन्न स्वार्थ बोकेका झुण्डहरूको काम भएको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x