पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। 

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा  प्रतिलिटर २ रुपैयाँले मूल्य घटाएको हो। 


Advertisement

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भाउ घटाएसँगै अब पेट्रोल प्रतिलिटर १ सय ८ तथा डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्