टुबोर्ग ओपन सेसन्स् सिजन २ मा ‘मेरो देश’

रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न शुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।

‘मेरो देश’ एक देशभक्ति गीत हो जसको शब्द र कम्पोजिसन स्वप्निल शर्माले गरेका हुन भने, एरेन्जर र निर्माताको भुमिकामा राहित शाक्य रहेका छन् ।


Advertisement

गीतको प्रिमियर टुबोर्ग ओपन सेसन्स् मार्फत गरिएको छ । गीतले नेपालको सुन्दरता र देश प्रतिको समर्पणको महिमा गर्दछ ।

‘मेरो देश’ ले राष्ट्रको विविधता, बहुसंस्कृति र चरम सुन्दरताको बयान गर्दछ र देशभरिका जनताहरूको अद्वितीय परम्परा, भाषा र संस्कृतिहरूमा आधारित कथा बताउँदछ । जब त्रिशला र स्वप्निल एक संस्कृत पदको साथ आकर्षक रूपमा गीत शुरू गर्दछन्, अन्य गायकहरूले रमाइलो गीत बनाउँदछन्।


Advertisement

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरूमा सँगै सहकार्य गर्नेछन् । सिजन २ ले नेपाली संगीतकारहरूसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरूलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरूलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरूलाई कलाकारहरूको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरूको साथै ३६ जना लोकप्रिय कलाकारहरूले ५१ वटा गीतहरू निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
 
  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्