×

NMB BANK
NIC ASIA

आलु उत्पादनमा ह्रास आयो

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा तीस प्रतिशत भन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रुपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् ।

Muktinath Bank

दाना लाग्ने बेलादेखि नै  बोटहरू मरेपछिे उत्पादनमा कमी आएको हो । व्यावसायिक रुपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान लक्ष्मण चौधरीले दश कट्ठा जग्गामा मुस्किलले एक बोरी मात्रै आलु उत्पादन भएको जानकारी दिए।  'आलुका दाना लाग्ने क्रममै लगातार वर्षा भएपछि बोटहरू मर्न थालेका थिए', उनले भने, 'बर्सात हटेपछि डढुवा लागेपछि सबै आलु बालीमा नोक्सानी भयो ।' दश कट्ठा जग्गामा आलु खेतीका लागि रोपिएको बीउसमेत उत्पादन नभएको चौधरीले गुनासो गरे । 'बीउ मात्रै पाँच बोरी बारीमा रोपिएकामा त्यो पनि उत्पादन भएको छैन', उनले भने, 'गत वर्ष मात्रै तीस क्विन्टल आलु उत्पादन भएको थियो । यस वर्ष एक बोरी आलु पनि उत्पादन भएको छैन ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मल, कीटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको उनको बताए । अर्का किसान पुरन चौधरीले बारीमा रोपेको आलु पूरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको जानकारी दिए । पिपलाडी आलु खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको छ । यस क्षेत्रका तीन दर्जनभन्दा बढी किसानले व्यावसायिक रुपमा आलु खेती गर्दै आएका छन् । गत वर्ष मात्रै यस क्षेत्रका किसानले पहिलो पुस्ताको आलुको बीउ मात्रै सात लाख मूल्य बराबरको बिक्री गरेका थिए । कार्डिनल २०, आइपिवाई आठ ३० र खुमलउज्जल ३० गरी ८० क्विन्टल आलुको पहिलो पुस्ताको बीउ उत्पादन गर्दै आए पनि यस वर्ष आलु खेतीबाट लागत खर्चसमेत उठाउन नपाएको  चौधरीले बताए । 


Advertisment
Nabil box
Kumari

बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले समेत खेतमा लगाएको आलुका बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको गुनासो गरे । 'आलुका बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै गएको छैन', उनले भने । आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्यमा बढोत्तरी भएको छ । सिजनमा बजारमा रु २० प्रतिकिलोका दरले बिक्री हुने आलुको मूल्य रु ३० बढी रहेको छ । 

Vianet communication
Laxmi Bank

तरकारी व्यवसायीका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरै मात्रै आएपछि  भारतीय आलुमा निर्भर रहनु परेको छ । भारतीय व्यापारीले मनोमानी रुपमा मूल्य वृद्धि गरी आलु बिक्री गर्दै आएका छन् । यसबाट उपभोक्ता मर्कामा परेका छन् ।

जिल्लाका बेलौरी, पुनर्वास, बेदकोट, शुक्लाफाँटा र भीमदत्त नगरपालिका आलु खेती हुने गरेको छ । पानी जम्ने चिम्टाइलो माटो भएको जग्गामा लगाइएको आलु खेती र परम्परागत रुपमा लगाइएको आलु खेतीमा वर्षा र डढुवा रोगले नोक्सानी पुर्‍याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालयप्रमुख रामचन्द्र भट्टले जानकारी दिए। वर्षा र डढुवा रोगका कारण प्रतिहेक्टर चार मेट्रिक टन आलुको उत्पादनमा ह्रास आएको उनले बताए । 'उत्पादकत्व घटेको छैन', उनले भने, 'उत्पादनमा कमी आएको छ ।' 

आलुको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको जनाइएको छ  । जिल्लामा चार हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ ।   ती क्षेत्रफलमा उत्पादन २० हजार मेट्रिक टन हुने गरेको छ । उत्पादनमा ह्रास आएपछि यस वर्ष आलुको उत्पादन १४ हजार मेट्रिक टन रहेको छ । उहाँका अनुसार प्रतिहेक्टर आलुको उत्पादन १३ मेट्रिक टन रहेको छ । यसैगरी कञ्चनपुरका किसानले डढुवा रोगका कारण गोलभँेडा खेतीमा समेत  नोक्सान व्यहोरेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x