×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै हुने लगभग सुनिश्चित भएपछि प्रशासनिक अड्डाको रुपमा नामकरण गरिएको ‘मधेश भवन’लाई प्रदेश सरकारले सिँगार्दैछ ।

Sagarmatha Cement
Muktinath Bank

मधेश भवनसम्म जाने सडक जीर्ण र पूर्ण व्यवस्थित समेत नभएकाले आकर्षक सडक सहितका पूर्वाधार निर्माण प्रक्रिया थालिएको भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको सिंहदरबार जस्तै मधेश भवनमा पनि आकर्षक सडकसहित सौन्दर्यीकरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए । ‘हालसम्म जनकपुरधाम प्रदेशको अस्थायी राजधानी नै छ, त्यसैले जे जस्तो पूर्वाधार थियो, त्यसैमा प्रदेश सरकारको मन्त्रालयदेखि निवासहरू राखियो,’ मन्त्री सोनलले भने, ‘तर सभामुख सरोजकुमार यादवको अध्यक्षतामा रहेको संसदीय समितिमा स्थायी राजधानी जनकपुरधाम नै रहने सर्वसम्मति भइसकेकाले मधेश भवनलाई आकर्षक बनाउन लागेका छौं ।’


Advertisment
Nabil box
Kumari

सेवाग्राहीदेखि पर्यटक समेत मधेश भवनमा आउने हुँदा प्रदेश सरकारको प्रशासनिक केन्द्र आकर्षक देखिओस् र त्यसकारण पनि प्रदेशको पर्यटन प्रबद्र्धन हुन सक्ने आशयका साथ निर्माणको काम अगाडि बढाइएको उनले बताए ।

Vianet communication
Laxmi Bank

पैदलपथ सहितको सडक, फोहोरा सहितको प्रवेशद्वार बनाइँदै

मधेश भवनभित्र रहेका सम्पूर्ण सडकलाई मर्मत गर्दै व्यवस्थित पैदलपथ सहितको आकर्षक सडक निर्माणका लागि मन्त्रालयले ९ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका शहरी विकास तथा भवन महाशाखाका इन्जिनीयर विनोदकुमार यादवले सडक निर्माणका लागि १५ दिन अघि टेन्डर भइसकेको बताए ।

‘स्फाल्ट कंक्रिट मोडेलको व्यवस्थित फूटपाथसहित ७ मिटर सडक निर्माणका लागि टेन्डर निकालेका छौं,’ यादवले लोकान्तरसँग भने, ‘त्यसैगरी मधेश भवन प्रवेश गर्ने ३ वटा गेटमा भव्य र आकर्षक प्रवेशद्वार समेत बनाउन लागिएको छ ।’ ६० लाख रुपैयाँको बजेट रहेको प्रवेशद्वार निर्माणका लागि निर्माण व्यवसायीले ठेक्का रकमभन्दा धेरै कम रकम ३२ लाख रुपैयाँमा ३ वटा प्रवेशद्वार बनाउन सकार गरेका छन् । प्रवेशद्वारसहित एउटा मूल प्रवेशद्वारमा पानीको फोहोरा निर्माणका लागि आशयको सूचना जारी गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x