मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी  बारामा तीन जनाको मृत्यु भएको छ ।

लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नं. को मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका  ३५ वर्षीय मञ्जय ठाकुरको  मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।


Advertisement

उनले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र  सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिए ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र  परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ ।


Advertisement

यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्